gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

अनिल खत्री
२१ जेठ, गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–२ रातडाँडा निवासी ४१ वर्षका झविलाल कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खेरलले बताए ।

कुमाल शनिवार दिउँसो छल्दी पनाहा खोलमा माछा मार्न गएका थिए । उनलाई स्थानीयले मृत्यु भएको अवस्थामा देखेपछि उक्त शव पानीबाट निकाली प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ ।

डुबेर मृत्यु भएको घटना थाहा पाउन साथ हस्तीचौर प्रहरी चौकीबाट प्रहरी सहायक हवल्दार कमल खनालको कमाण्डमा ३ जनाको टोली खटिएको थियो । शवलाई पोष्ट मार्टको लागि गुल्मी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धानको लागी प्रहरी निरीक्षक श्यामप्रकाश यादवको कमाण्डमा ७ जनाको टोली खटिएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D