gulminews logo
बुधबार, २०८१ बैशाख १२

गुल्मीमा माक्स नलगाए १ सय जरिमाना

अनिल खत्री
४ साउन, गुल्मी । गुल्मीमा माक्स नलगाई घरबाहिर हिडनेलाई १ सय जरिमाना गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मी सरोकारवालासँगको छलफल पछि कोरोना भाइरसको संक्रमणको जोमिख कायमै रहेकाले घरबाहिर निस्किदा अनिवार्य माक्स लगाउनु पर्ने निर्णय गरिएको हो ।

यदि कसैले नलगाई घर बाहिर निस्कने, सडक तथा सार्वजनिक स्थानमा भिडभाड गर्ने तथा सेवाप्रदायक कार्यालयहरुमा प्रबेश गर्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिई १ सय रुपैयाँ जरिमाना गरिने र सचेतना गराउने जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए । प्रशासनले गुल्मी उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्श सहमतीमा अत्याबश्यक सेवाका बाहेर अन्य पसल तथा व्यवसायहरु प्रत्येक दिन बिहान १० बजे देखि ५ बजेसम्म मात्रै खोल्ने निर्णय गरेको छ ।

त्यस्तै क्वारेन्टिनको रुपमा प्रयोग भई हाल खालीरहेका बिद्यालयहरुलाई सम्बन्धीत पालिकाहरुबाट सेनिट्राइजिङ्ग मर्मत सम्भार तथा सरसफाई गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए । बन्दाबन्दीको मौका छोपी यात्रुहरुबाट अत्याधिक भाडा लिएको गुनासो आएकाले तेसो गरेको पाइएमा तत्काल गाडी नम्बर सहित नजिकैको प्रहरी चौकीमा खबर गर्न प्रशासनले आग्रह गरेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D