Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गुल्मीमा माक्स नलगाइ हिड्ने १५७ जना कारवाहीमा - Gulminews

गुल्मीमा माक्स नलगाइ हिड्ने १५७ जना कारवाहीमा

अनिल खत्री
१२ साउन, गुल्मी । गुल्मीमा माक्स नलगाई घरबाहिर हिड्नेलाई प्रहरीले जरिमाना गर्न शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मी र ट्राफिक प्रहरीले जिल्ला सदरमुकाम तम्घासमा बजार क्षेत्रमा माक्स नलगाई हिड्ने १५७ जनालाई कारवाही गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) केरारराज पन्तले जानकारी दिए ।

सोमबार तम्घास बजार क्षेत्रमा माक्स नलगाइ हिड्नेहरुबाट गरिएको कारवाहीमा १५ हजार ७ सय राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक चुरामणी पुनले जानकारी दिए । प्रहरीले सार्बजनिक स्थानमा माक्स नलगाइ हिड्नेहरुलाई कारवाही स्वरुप १ सय जरिमाना गर्नुका साथै माक्स समेत बितरण गरिएको थियो ।

माक्स नलगाउनेसँगै बजार क्षेत्रमा सवारी नियम उलंघन गर्ने १४ वटा सवारी साधानहरु कारवाहीमा परेको प्रहरी निरिक्षक पुनले जानकारी दिए । सवारी कारवाहीमा १० हजार राजस्व संकलन भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले केहि दिन पहिलेदेखि सूचना जारी गर्दै सार्बजनिक स्थानमा हिडडुल गर्दा अनिवार्य माक्स लगाउन आग्रह गरेको थियो । यदि कसैले माक्स नलगाई हिडेको फेला परे रु १ सय जरिमाना गर्ने समेत जनाएको थियो ।

बिश्वव्यापी रुपमा फैलि रहेको कोभिड–१९ को संक्रमणबाट जोगिन सार्बजनिक स्थानमा हिडदा अनिवार्य माक्स लगाउन डक्टरहरुले आग्रह गर्दै आएका छन् । तर पछिल्ले केहि दिन यता लक डाउन हटेपछि मानिसहरु माक्स लगाउन छोडीसकेका छन् ।

लकडाउन हटेपछि कोरोना भाइरसको संक्रमण जोमिख कायमै रहेकाले अनिवार्य माक्स लगाएर भौतिक दुरी कायम गरेर सार्बजनिक स्थानमा हडिडुल गनुपर्ने भन्दै चेकजाँचलाई बढाएको छ । कोरोना भाइरसको संक्रमणको जोमिख कायमै रहेकाले घरबाहिर निस्किदा अनिवार्य माक्स लगाउनु भन्दै कढाइ गरिएको हो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D