गुल्मीमा माओवादी वडा कमिटी अध्यक्ष सापकोटाले दिए राजिनामा, देशद्रोही संझौता गर्न सहयोग गरेको आरोप

भुबन भुसाल
गुल्मी, फाल्गुन १६ । नेकपा माओवादी केन्द्र गुल्मी चन्द्रकोट ८ न वडा कमिटीका अध्यक्ष दधिराम सापकोटाले वडा कमिटी अध्यक्ष पदबाट राजिनामा दिएको बताउनुभएको छ ।

माओवादी केन्द्रले देशद्रोही संझौता संसदबाट पारित गर्न सहयोग गरेको भन्दै अध्यक्ष सापकोटाले अध्यक्ष पदबाट राजिनामा दिएको लेख्नुभएको छ । सामाजिक संजाल फेसबुक मार्फत वहाँले यस्तो घोषणा गर्नुभएको हो । वहाले माओवादीले संसदिय नियमलाई उल्लंघन गरेर रातारात एमसिसी पास गरेको आरोप समेत लगाउनुभएको छ ।

फेसबुकमा वहाले लेख्नुभएको छ ” म नेकपा (माओवादी केन्द्र) लाई भित्री हृदयेखि समर्थन गरेको थिएं । तर संसदीय नियमलाई समेत उलङ्घन गरेर रातारात देशद्रोही संझौता पास गर्न सहयोग गरेको मलाई महशुस भएकोले आजैका दिनदेखि नेकपा (माओवादी केन्द्र) चन्द्रकोट – ८ को वडा कमिटि अध्यक्षबाट राजिनामा दिएको घोषणा गर्दछु।”

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ