gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मीमा माओवादी र कांग्रेस परीत्याग गरी एमालेमा प्रवेश गर्नेहरुलाई प्रदिप ज्ञवालीले गरे स्वागत

अनिल खत्री
१९ पुस, गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । सोमबार छत्रकोट गाउँपालिका वडानम्बर–५ खज्र्याङ्गमा आयोजना गरेको पार्टी प्रबेश कार्यक्रममा नेकपा माओवादी केन्द्रबाट कार्यकर्ताहरु एमालेमा प्रबेश गरेका हुुन् ।

छत्रकोट गाउँपालिकाका ०७४ सालका गाउँपालिका प्रमुखका उम्मेदवार रामप्रसाद पाण्डे, गाउँपालिका सचिव सरोज पाण्डे, कोषाध्यक्ष इन्दिरा पाण्डे सहित नेकपा माओवादीबाट नेताहरु एमालेमा प्रवेश गरेका हुन् । कार्यक्रममा छत्रकोटको खज्र्याङ्ग र दौंघाबाट नेपाली नेपाली कांग्रेसबाट पनि केहि नेता कार्यकर्ताहरु एमालेका प्रबेश गरेका छन् ।

नव प्रवेसी कार्यकर्ताहरुलाई नेकपा एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले पार्टीमा टीका लगाएर स्वागत गरेका हुन् । पार्टीमा प्रवेश गर्दै रामप्रसाद पाण्डे र सरोज पाण्डेले नेकपा एमालेले थालेको कम्युनिष्ट आन्दोलनलाई थप इटा थप्न पार्टीमा प्रवेश गरेको बताए । उनले नेकपा माओबादी केन्द्र जनताको जनभावना अनुसार चल्न नसकेको बताए । यो देशमा कम्युनिष्ट शक्ती एक भएर अगाडी बढाउनको लागि नेकपा एमालेको मात्रै अगुवाइ गर्न सक्ने भएकाले सबै नेता कार्यकर्तालाई एमालेको आन्दोलनमा एकताबद्ध भएर अगाडी बढन आग्रह गरे ।

रामप्रसाद पाण्डे र सरोज पाण्डे छत्रकोट गाउँपालिकाका माओवादी केन्द्रका युवा नेता हुन् । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय, प्रदेश र जिल्ला स्तरका नेता कार्यकर्ताहरु सहभागि थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D