gulminews logo
शुक्रबार, २०८१ बैशाख २१

गुल्मीमा माओवादी केन्द्रका पूर्व जनप्रतिनिधि सहित नेता एमालेमा प्रवेश

अनिल खत्री
२३ कात्तिक, गुल्मी । गुल्मीमा नेकपा माओवादी केन्द्रका क्रियाशिल केहि नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । बुधबार गुल्मीको सदरमुकाम तम्घास स्थित नेकपा एमालेको पार्टी कार्यालयमा माओवादी केन्द्र गुल्मीका सदस्य तथा पूर्व धुर्कोट गाउँपालिका कार्यपालिका सदस्य कमला घर्ती, रेसुङ्गा नगरकमिटी सह–सचिव कमला परियार, सदस्य इन्दिरा मगर र पूर्व जनमुक्ति सेना तथा वाई.सि.एल जिल्ला सदस्य ज्ञानुराम खनाल एक कार्यक्रमका विच प्रवेश गरेको नेकपा एमाले जिल्ला कमिटी सदस्य काशी पाण्डेले बताए । उनीहरुलाई नेकपा एमाले जिल्ला अध्यक्ष बालसिंह काउछाले पार्टीमा स्वागत गरेका हुन् । उनीहरुको आगमनले नेकपा एमालेको संगठमा थप उर्जा थपेको बताए ।

निर्वाचनमा नेकपा माओवादी केन्द्र विभिन्न दलसंग गठबन्धन गरी पार्टीलाई देशबाट नै विलय गर्ने खोजिएकाले कम्युनिष्ट शक्ति बलियो बनाउन एमालेमा प्रवेश गरेको कमला घर्तीले बताइन् । अहिले अपबित्र गठबन्धनबाट नेपाली जनताले मुक्ति नपाउने भएपछि विकल्प खोजिएको घर्तीले बताइन् ।

आफू कम्युनिष्ट आन्दोलनको योद्धा भएकाले गठबन्धनले नेपाली जनताको माग र आवश्यकता नेकपा एमाले पार्टी वाहेक अरुले पुरा नगर्ने घर्तीले बताइन् । पार्टी प्रवेश कार्यक्रममा ज्ञानुराम खनाल बोल्दै जनमुक्ति सेनामा रहेर पार्टी र जिम्मेवार नेतालाई काधँमा राखेर अगाडी बढेको र आफूजस्ता योद्धालाई पार्टीले वेवास्ता गरेको गुनासो गरे ।

जनमुक्ति सेना, वेपत्ता, घाईते, अपागंका परिवारलाई पार्टीले संरक्षण र ब्याबस्थापन नगर्दा उनीहरुलाई विस्थापित हुनुपर्ने अवस्था सृजना भएको खनालले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D