गुल्मीमा माओवादी केन्द्रका ७४ जना जनप्रतिनिधि

हुमाकान्त पोखरेल
गुल्मी, १९ जेठ । गुल्मीमा नेकपा माओवादी केन्द्रका ७४ जना जनप्रतिनिधि भएका छन् । गत वैशाख ३० गते सम्पन्न निर्वाचनबाट निर्वाचित ६३ जना एवम् कार्यपालिकामा थप ११ जना मनोनित भएसँगै माओवादी केन्द्रका प्रतिनिधि सङ्ख्या ७४ पुगेको हो । जसअनुसार कालिगण्डकीमा आठ जना प्रत्यक्ष निर्वाचित र दुई मनोनित गरी १० जना, सत्यवतीमा प्रत्यक्ष निर्वाचित तीनजना, चन्द्रकोटमा प्रत्यक्ष निर्वाचित ११ र मनोनित दुई गरी १३ जना रहेका छन् । रुरुक्षेत्रमा प्रत्यक्ष निर्वाचित चार, रेसुङ्गा नगरपालिकामा प्रत्यक्ष निर्वाचित एक र मनोनित एक, मुसिकोट नगरपालिकामा प्रत्यक्ष निर्वाचित एकजना रहेको पार्टीका जिल्ला संयोजक बुद्धि जिसीले जानकारी दिए ।

मालिका गाउँपालिकामा प्रत्यक्ष निर्वाचित १९ र मनोनित एक गरी २० जना, मदानेमा प्रत्यक्ष निर्वाचित चार र मनोनित दुई गरी छ जना, धुर्कोटमा प्रत्यक्ष निर्वाचित १२ र मनोनित एक गरी १३ एवम् इस्मामा दुईजना मनोनित गरिएको जिसीले बताए । गुल्मीमा माओवादी केन्द्रले चार पालिका अध्यक्ष, एक उपाध्यक्ष एवम् सात वडामा अध्यक्ष जितेको छ । ०७४ को निर्वाचनमा माओवादीले एक पालिका अध्यक्ष एवम् चार वडाध्यक्ष जितेको थियो । माओवादीको तर्फबाट ०७४ मा धुर्कोटमा ११, चन्द्रकोटमा छ एवम् कालिगण्डकीमा दुई गरी १९ जना जनप्रतिनिधि रहेका थिए । जसमा १६ जना प्रत्यक्ष निर्वाचित भएका थिए भने तीन जना मनोनित भएका थिए । १२ पालिका रहेको गुल्मीमा अघिल्लो निर्वाचनमा माओवादीले तीनवटा गाउँपालिकामा मात्रै उपस्थिति जनाएकोमा अहिले भने १० वटामा उपस्थिति जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ