गुल्मीमा महिला प्रमुख जिल्ला अधिकारी आउँदै, अहिलेका प्रजिअ अधिकारी गृहमन्त्रालयमा तानिए

काठमाडौं, ३ पुस । गुल्मी जिल्ला सहित १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको सरुवा हेरफेर भएको छ । गृह मन्त्रालयले गुल्मीका प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माको पनि सरुवा गरेको हो ।

जिल्लामा बहालवाला प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्मालाई गृहमन्त्रालयमा तानेसँगै जिल्लामा महिला प्रमुख जिल्ला अधिकारी आउने पक्का भएको छ । गुल्मीमा नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा रुद्रा देवी शर्मा आउने भएको हो । बाग्लुङ १३ स्थाई घर ठेगाना भएकी शर्मा रामेछापमा प्रमुख जिल्ला अधीकारीको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

रुद्रादेवी शर्मा

यस्तै, महोत्तरीमा केशवप्रसाद विमली, धनकुटामा बासुदेव दाहाल, गुल्मीमा रुद्रादेवी शर्मा, रामेछापमा अर्जुनकुमार शर्मा, भोजपुरमा कृष्णप्रसाद भण्डारी, डोल्पामा माधवप्रसाद ढकाल, सिराहामा कृष्णकुमार निरौला, खोटाङमा मित्रलाल शर्मा, मुगुमा चन्द्रबहादुर शिवाकोटी, पाँचथरमा पुन्यप्रसाद ढकाल र तेह्रथुममा जयराम भण्डारीलाई सरुवा गरिएको छ ।

महोत्तरीका प्रजिअ कृष्णबहादुर कटुवाललाई झुम्का कारागार सुनसरी, गुल्मीका प्रजिअ भरतकुमार शर्मा र तेह्रथुमका प्रजिअ विश्वराज न्यौपानेलाई गृह मन्त्रालयमा तानिएको छ ।

डोल्पाका प्रजिअ सुरेश सुनारलाई अध्यागमन कार्यालय, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र भोजपुरका प्रजिअ बसन्तराज पुरीलाई इलाका प्रशासन कार्यालय, कटारी सरुवा गरिएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ