अप्डेट: यसअघीको समाचारमा पौडेलको शव भेटिएको भन्ने प्रकाशित भएकोमा सच्याईएको छ ।
गुल्मी, कार्तिक १४ । गुल्मीमा मलामी गएका १९ बर्षीय एक युवकको डुबेर मृत्यु भएको छ ।
जिल्लाको चन्द्रकोट गाउँपालिका–७ रुपाकोटका ७६ वर्षीय थानेश्वर न्यौपानेको मृत्यु भएपछि मलामी गएका सोही गाउँका १९ बर्षीय शंकर पौड्यालको कालिगडकी नदीमा डुबेर मृत्यु भएको हो ।
दाहसंस्कार सकिएसँगै नदीमा नुहाउने क्रममा उनी डुबेर बेपत्ता भएका थिए ।
मलामी गएकाहरुले उनी डुबेर बेपत्ता भएको खबर पाएपछि ईलाका प्रहरी कार्यालय जोहङ्गबाट र रिडी ईलाका प्रहरी कार्यालयबाट घटनास्थल पुगेका थिए ।