gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

गुल्मीमा मदिरा नियन्त्रणको प्रयासमा स्थानीय सरकार: झण्डै २ सय महिला पुरुष कारबाहीमा, २६ हजार लिटर नष्ट

टोपलाल अर्याल
गुल्मी, १४ साउन । मदिरा सेवन तथा बिक्री वितरणले समाजमा अपराधका घटना बृद्धि भएपछि जिल्लाका केहि स्थानीय तहले नियन्त्रणको प्रयास गरेका छन् । त्यसमध्ये इस्मा र मालिका गाउँपालिकाले कानुन नै निर्माण गरेर मदिरा नियन्त्रण थालेका छन् । इस्माले ०७५ मंसिर ११ गते कार्यपालिकाको बैठक मार्फत मदिरा नियन्त्रण सम्बन्धि पहिलो निर्णय गरेको थियो । विभिन्न छलफल र संबादपछि इस्माले मंसिर २६ गते मदिरा नियन्त्रण तथा व्यावस्थापन कार्यविधी पारित गरेको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले बताए ।

त्यस्तै मालिका गाउँपालिकाले पुस १९ गते कार्यविधी पारित गरेको हो । दुई गाउँपालिकामा बेलुका ६ देखि ९ बजेसम्म मात्रै मदिरा सेवन तथा बिक्री वितरण गर्न पाइन्छ । त्यो बाहेक अन्य समयमा सेवन गरे पहिलो पटक एक हजार र उत्पादन तथा बिक्री वितरण गरे पाँच हजार जरिवानाको व्यावस्था गरिएको मालिका गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए । इस्मा गाउँपालिकाले त्यसको अलवा व्यापारी, घरेलु मदिरा उत्पादक, आमा समुह, क्लव तथा संघ÷संस्थासंग छलफल साथै मदिराबाट बढि प्रभावित क्षेत्रमा सचेतनामूलक कार्यक्रम समेत गरेको गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले बताए ।

कार्यान्वयनको चुनौति खेप्दै स्थानीय सरकार
मदिराका कारण सामाजिक अपराधका घटना बढ्दै गएपछि नियन्त्रणका लागि जिल्लाका केहि स्थानीय तहले कानुननै निर्माण गरेर कार्यान्वयन गरेका छन् । भने केहि स्थानीय तहले सामान्य प्रयास गरेका छन् । नियन्त्रणका लागि कम लागेका स्थानीय तहले मदिराबाट सृजित समस्या झेलिरहेका छन् । भने कार्यविधी बनाएका स्थानीय तहलाई पूर्ण कार्यान्वयनको चुनौति खेपिरहेको इस्मा गाउँपालिका उपप्रमुख बिमला खत्रीले बताइन् ।

उनले मदिरा सेवन गर्ने महिलाको संख्या पनि बढ्दै जानु, राजनैतिक आश्रय, आफुहरु जनताबाट निर्वाचित हुनु, प्रहरीको कम सक्रियता लगायतका कारण कानुन कार्यानवयनमा चुनौति रहेको बताइन् । ‘इस्मामा सवैभन्दा बढि कारबाही र राजश्व मात्रै संकलन भएको छैन, अपराध पनि घटेका छन,’उनले भनिन,‘ तर कार्यान्वयनमा व्यक्ति, परिवार र पार्टीको समेत धम्की आए ।’ मालिका गाउँपालिकाका प्रमुख रित बहादुर थापाले सवैको साथ बिना यो अभियान पूर्ण कायान्वयन गर्न मुस्किल पर्ने बताए ।

मदिरा नियन्त्रणले अपराध न्यूनिकरण
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक दिपक बस्नेतले मदिरा नियन्त्रणका कारण अपराधमा न्यूनिकरण आएको बताएका छन् । मंसिर पहिलो साताबाट इस्मामा मदिरा नियन्त्रण अभियान संचालन भएको थियो । मंसिर अघि र पछिको तथ्यांकगत हेर्दा पनि घटनामा धेरै कमी आएको बस्नेतले बताए । इस्मामा मदिराकै झोँकमा मंसिर अघिसम्म चार जनाले बलात्कार गरे । त्यसपछि असारसम्म एउटा बलात्कारको घटना घटेको छ । उनले मदिराकै कारण हुने घरेलुहिंसाका घटना पनि मंसिर÷पुससम्म १५ वटा भएपनि पछि पाँच वटा मात्रै घटना दर्ता भएको जानकारी दिए ।

आत्महत्याको प्रमुख कारण डिप्रेशन र त्यो संगै मदिरा सेवन रहेको छ । इस्मामा मंसिरसम्म पाँच जनाले आत्म हत्या गरेका थिए । भने पछि आठ महिनामा दुई जनाले आत्म हत्या गरेका छन् । स्थानीय न्यायीक समितिमा पनि धेरै उजुरी मदिरा र त्यससंग सम्बन्धित घटनाका छन् । कार्यविधी बनाएर कार्यान्वयनमा लगेपछि धेरै फाइदा भएको मालिका गाउँपालिका उपप्रमुख तथा न्यायीक समिति संयोजक देवा अर्यालले बताइन् ।

१ सय ८० महिला पुरुष कारबाहीमा
गुल्मीका विभिन्न स्थानमा मदिरा सेवन तथा सेवन गर्ने एक सय ८० जना महिला पुरुष कारबाहीमा परेका छन् । जसमा एक सय ६४ पुरुष र १६ महिला छन् । धेरै सेवन गर्ने र केहि उत्पादन तथा बिक्रि वितरण गर्ने रहेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार सवैभन्दा बढि इस्मा गाउँपालिकामा कारबाही गरिएको छ ।

इस्मा गाउँपालिकामा मात्रै दश महिला र ९५ पुरुष कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक ज्ञान बहादुर कुंवरले बताए । त्यस्तै इलाका प्रहरी कार्यालय पुर्कोट दह अन्तरगत ४७ जना पुरुष, इलाका प्रहरी चौकी अन्तरगत पाँच महिला र दुई पुरुष, अस्थायी प्रहरी पोष्ट अर्खबाङ्ग अन्तरगत एक महिला र १९ पुरुषलाई कारबाही गरिएको खत्रीले बताए ।

३ लाख ५७ हजार राजश्व संकलन
गुल्मीमा पछिल्लो समय मदिरा नियन्त्रणको प्रयास थालिएको छ । जसका लागि स्थानीय तह र प्रहरी प्रशासनले मदिरा सेवन, उत्पादन तथा बिक्री वितरणमा कडाई गर्न कारबाही समेत गरिरहेका छन् । गत आर्थिक बर्षमा कारबाहीबाट जिल्लामा तीन लाख ५७ हजार राजश्व संकलन भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

इस्मा गाउँपालिकाले सवैभन्दा बढि कारबाहीबाट दुई लाख ६६ हजार राजश्व संकलन गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक मिन घलेले बताए । जसमा प्रहरी चौकी इस्माले मात्रै एक लाख १८ हजार, धनार्जी चौकीले १२ हजार र हस्चिौर प्रहरीचौकीले ५६ हजार राजश्व संकलन गरेको छ । त्यस्तै इलाका प्रहरीचौकी पुर्कोट र अस्थायी प्रहरीचौकी अर्खबाङ्गले ७६ हजार राजश्व संकलन गरेको प्रहरी नाउप उपरिक्षक घलेले बताए ।

साढे २६ हजार लिटर मदिरा र कच्चा पदार्थ नष्ट
जिल्ला प्रहरी कार्यालय गुल्मीले विभिन्न स्थानमा गरेर गत आर्थिक बर्षमा साढे २६ हजार मदिरा र कच्चा पदार्थ नष्ट गरेको छ । जसमा सात हजार सात सय २९ लिटर तयारी घरेलु मदिरा र १८ हजार सात साय ७७ मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ बरामद गरि नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रबिन्द्र बहादुर खड्काले बताए । त्यस्तै एक क्वीन्टल ६० केजी मर्चा र ५७ क्वीन्टल गाँजा फडानी गरेर नष्ट गरिएको खड्काले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D