gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मीमा मकैको बीउ उत्पादनमा कृषक आर्कर्षित

अनिल खत्री
९ साउन, गुल्मी । गुल्मी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत गुल्मी जिल्लामा मकै जोन परियोजना लागू भएसँगै कृषकहरुले जिल्लामा मकैको बीउ उत्पादन शुरु गरेका छन् । मान्छेले खाना र गाइवस्तुको लागि मात्रै प्रयोग गर्न उत्पादन गर्दै आएका कृषकहरु मकै जोनले गरेको सहयोग र प्रबिधिका कारण बीउ उत्पादन गर्न तर्फ आर्कर्षित भएका हुन् ।

जिल्लाको इस्मा गाउँपालिकाको चौरासी, मदानेको पुर्कोट दह, मालिका गाउँपालिकाको सिमलटारी, रेसुंगा नगरपालिकाको सिमीचौरका कृषकहरुले समुह सहकारी मार्फत मकैको बीउ लगाउन शुरु गरेका हुन् । अन्य जातको मकैको बीउको बढी मुल्य पर्ने भएका कारण कृषकहरु बीउ उत्पादनमा जोड दिन थालेका हुन् ।

उत्पादित बीउको गुणस्तरीय तवरले भण्डारण तथा प्रशोधन गर्ने उद्देश्यले मकै जोन क्षेत्र अन्तरगत रेसुङ्गा नगरपालिकाको सिमीचौरको बासखर्क कृषि सहकारी संस्था, इस्मा गाउँपालिकाको को दिपज्योति बहुउद्देश्यीय कृषक समूह र मदाने गाउँपालिकाको पुर्कोटको उद्यमशील कृषि सहकारी संस्थामा प्रशोधन मेशीनरी सहित पोष्ट हार्भेष्ट सेन्टर (बीउ प्रशोधन तथा भण्डारण गृह) सामग्रीहरु समेत उपलब्ध गराइएको मकै जोन गुल्मीका प्रमुख बरिष्ठ कृषि बिकास अधिकृत नारायण काफ्लेले जानकारी दिए । मकै जोन गुल्मीले मालिका गाउँपालिकाको लागि सिमलटारीमा श्रीतप अदुवा उत्पादन सहकारी संस्थाको लागि प्रशोधन मेशीन राख्न भवन तयार हुँदैछ ।

संस्थामा प्रशोधन मेशीनरी सहितका सामग्रीहरु समेत उपलब्ध गराइएको छ । त्यसबाट जिल्लामा उत्पादित बीउ प्रशोधन सहित सम्बन्धित कृषक समूह र सहकारीहरुको लेवल र ब्राण्डमा जिल्ला बाहिरसमेत बीउको निकासी हुने गरेको छ ।

मकै जोनका कारणले कृषकहरुले खइनमा भन्दा बढि मुल्य पर्ने गर्नाले कृषकहरुले बीउ उत्पादनमा प्रेरेरित गरेको कृषकहरु बताउछन् । प्रशोधित बीउ गुल्मी जिल्ला सहित अनेत्रबाट पनि माग भइ आउने गरेको कृषकहरुको भनाई छ ।

बीउ उत्पादनमा लागेका किसानहरुलाई मकैको पात मर्ने समस्या देखा पर्न थालेको छ । मकैले घोगा राख्ने क्रममा रहेकाले सामान्य रुपमा देखिएको पात मने समस्याले असर नगर्ने प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ मकै जोन गुल्मीका प्रमुख बरिष्ठ कृषि बिकास अधिकृत काफ्लेले जानकारी दिए ।

उत्पादनका लागि मनकामना–३, मनाकामना–६, देउती, अरुण २ अरुण–४ रामपुर कम्पोजिट बीउ उत्पादन गरिएको मकै जोन परियोजनाका प्रमुख सापकोटाले जानकारी दिनुभयो । जिल्लामा उत्पादित बीउ प्रशोधन सहित सम्बन्धित कृषक समूह र सहकारीहरुको लेवल र ब्राण्डमा जिल्ला बाहिरसमेत बीउको निकासी हुने गरेको छ ।

मकै जोन क्षेत्रबाट जिल्लामा यस वर्ष २५५ हेक्टर क्षेत्रफलमा ४५९ मेट्रिक टन बीउ उत्पादन हुने लक्ष्य रहेको मकै जोन गुल्मीले जनाएको छ । बीउ बिक्रीबाट २ करोड ४२ लाख २० हजार ८ सय रुपैयाँ पर्ने लक्ष्य रहेको मकै जोन गुल्मीले जनाएको छ ।

अघिल्लो वर्ष अघिल्लो वर्ष १६० हेक्टर क्षेत्रफलमा २०० मेट्रिकटन उत्पादन भएको थियो । उत्पादित बीउ मध्ये किशानले ५० मेट्रिकटन जिल्लामै खपत भएको थियो भने ५० मेट्रिकटन बीउ बाहिरी जिल्लामा निर्यात गरिएको थियो ।

कृषकले बाँकी १ सय मेट्रिकटन खाएनमा प्रयोग गरेका थिए । किशानले उत्पादन गरेको मकैको बीउ जात अनुसार ५२ रुपैयाँ र ६५ रुपैयाँ प्रतिकेजी पाउने छन् ।

यस वर्ष बीउलाई खानाको निम्ति प्रयोग गर्न नदिन र पुरै बीउ बिक्रीका लागि मात्रै प्रयोग गर्न मकै जोन गुल्मीले समुह शहकारीलाई आग्रह गरेको छ । मकै जोन पकेट क्षेत्रमा बीउ उत्पादनसँगै हरिया बेमौसमी मकै उत्पादनमा पनि जोड दिँदै आएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D