gulminews logo
बिहीबार, २०८१ बैशाख २०

गुल्मीमा भुस्सिया कुकुरको आतंक, सात सय दश जना कुकुरले टोकेर घाइते

टोपलाल अर्याल
गुल्मी, ३ साउन । गुल्मीको चन्द्रकोट गाउँपालिमा एकै दिन कुकुरले टोकेर चार जना घाइते भएका छन् । चार जना मध्ये दुई जनालाई सामान्य उपचार पश्चात घर पठाइएको र दुई जनालाई जिल्ला अस्पताल तम्घास पुराइएर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

कुकुरको आक्रमणबाट चन्द्रकोट गाउँपालिका ३ हर्राचौर बस्ने १२ वर्षीय अरुण खड्का घाइते भएका छन् । उनको बाँया हातमा टोकेको छ । त्यस्तै बाग्लुङ बरेङ गाउँपालिका ७ साब्दी घर भई चन्द्रकोट गाउँपालिका ३ भुल्के मामा घर बस्ने चार बर्षीया रिमा श्रीस पनि घाइते छन् । उनको पनि दाँया हातमा टोकेको छ ।

खड्का र श्रीसको गुल्मी अस्पताल तम्घासमा उपचार गरिएको छ । त्यस्तै सोहि स्थानकै वर्ष २५ को मनिता थापालाई दायाँ खुट्टामा टोकेको र चन्द्रकोट ७ रुपाकोट बस्ने वर्ष २८ को शिवहरी न्यौपानेलाई दायाँ खुट्टामा टोकेकोले उपचार गरेर घर पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रमुख माधव खरेलले जानकारी दिए । उनले जिल्लाका विभिन्न स्थानमा कुकुरको आतंक रहेकाले सचेत रहन सवैलाई आग्रह गरे ।

गुल्मीमा कुकुरले सात सय १० जना टोक्यो

जिल्लामा गत आर्थिक बर्षमा कुकुरको आक्रमणबाट सात सय १० जना घाइते भएका छन् । गुल्मी अस्पताल तम्घासको तथ्यांक अनुसार गत बर्ष चार सय २४ पुरुष र दुई सय ८६ महिलालाई कुकुरले टोकेर उपचार गराएका छन् । कुकुरले टोकेपछि रेबिज बिरुद्धका खोप अनिवार्य लगाउनु पर्छ । खोप गुल्मी अस्पतालमा बाहेक अरु स्वास्थ्य संस्थामा पाइदैन् । साउनमा ४६, भदौमा ४५, असोजमा ३२, कार्तिकमा ४१, मंसिरमा ५१, पुसमा ६२, माघमा ५५, फागुनमा ६१, चैतमा ९८, बैशाखमा ७५, जेठमा ६१ र असारमा ८२ जनालाई कुकुरले आक्रमण गरेको गुल्मी अस्पतालका इमर्जेन्सी इन्चार्ज रमेश पन्थीले जानकारी दिए ।

रेबिजबाट बँच्ने उपायनै खोप हो ः डा पच्या

कुकुरले टोकेपछि छ डोज रेविज बिरुद्धको खोप लगाउनुपर्छ । खोप नेपाल सरकारले निशुल्क उपलब्ध गराएको छ । कुकुरले टोकेको पहिलो दिन दुई डोज, तेस्रो दिन दुई र सातौ दिन दुई डोज खोप लगाउनुपर्ने गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिए । रगतनै आउने गरेर टोकेको हकमा रेबिज इम्युनोग्लोबिन खोप लगाउनुपर्ने पच्याले बताए । रेबिज इम्युनोग्लोबिन खोप भने निशुल्क पाइदैन् । केहि समय पहिलेसम्म रेबिज इम्युनोग्लोबिनको खोप लगाउन बुटवल काठमाडौ पठाउनु पथ्र्यो । डाक्टर पच्याले कुकुर वा कुनै जंगली जनावरले टोकेमा तुरुन्त साबुन पानीले वा एन्टिसेप्टिकले घाउ सफा गर्ने र तुरुन्त नजिकको स्वास्थ्य संस्था वा गुल्मी अस्पतालमा सेवाको लागि परामर्श लिनुपर्ने बताए । उनले टोक्ने जनवारले रेबिज रोग सारेमा मान्छे बच्ने संभावना अत्यन्तै न्यून हुने भएकाले खोप र इम्युनोग्लोबिनले प्राणघतक रेबिज रोग हुनबाट बचाउने बताए ।

सर्वसाधरणदेखि स्थानीय सरकारलाई हैरानी

कुकुरको संख्या बढेर आक्रमण गर्न थालेपनि सर्वसाधरणदेखि स्थानीय सरकार समेत हैरान परेका छन् । जिल्लाको रुरुक्षेत्र गाउँपालिकाका विभिन्न स्थानमा कुकुरले मान्छेसहित गोठका बाख्राका पाठापाठीहरु आक्रमण गर्न थालेपछि बच्चा कसरी जोगाउने भन्ने चिन्ता परेको रुरु ४ मा देविराम ज्ञवालीले गुनासो गरे । उनले आफुहरुले बच्चाहरुलाई एक्लै बिद्यालय पठाउन र घरमा छोड्न गाह्रो भएको बताए । रुरु क्षेत्र गाउँपालिका प्रमुख यदु ज्ञवालीले एउटा स्थानीय तहको प्रयत्नले मात्रै कुकुर र जंगली बन्यजन्तुको नियन्त्रण नहुने भएकाले जिल्लास्तरीय निर्णय गरेर अन्तरपालिका समन्वय आवश्यक रहेको बताए । कानुन अनुसार मार्न नहुने भएकाले नियन्त्रणको बैकल्पिक उपाय खोज्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D