gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मीमा भुकम्पीय सुरक्षा दिवसको अबसरमा प्रभातफेरी

अनिल खत्री
गुल्मी, माघ २ । भूकम्पीय सुरक्षा दिवसको अबसरका गुल्मीमा प्रभातफेरि सहित कार्यक्रम सम्पन्न भएको छ । प्रभातफेरि तम्घास बजारमा पेलेकार्ड सहित गरिएको थियो । जिल्ला प्रशासन कार्यालय गुल्मीको अगुवाईमा जिल्ला स्थित बिभिन्न सरकारी कार्यालयका प्रमुख नेपाली सेना, शसस्त्र प्रहरी वल,नेपाल प्रहरीका प्रमुख सहित सुरक्षकर्मीहरु र स्थानिय नागरिकको समेत सहभागिता रहेको थियो ।

यस वर्षको भूकम्प सुरक्षा दिवसको नारा ‘सबल समुदाय र स्थानीय सरकारः भूकम्पीय सुरक्षाको बलियो आधार’ राखिएको छ । प्रभातफेरि पछी आयोजित कार्यक्रममा गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले नेपालमा गएका दुईठुला भुकम्पले अब बनाउने घर तथा अन्य निर्माण हुने भवनहरुमा ध्यानदिन सजक गराएको बताए ।

अब बन्ने घरहरु र भवनहरु भुकम्प प्रतिरोधी बनाउन जोड दिए । सरकारले विसं १९९० सालको महाभूकम्पको स्मृतिमा ०५५ सालदेखि हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ । नेपालमा पछिल्लो ०७२ साल बैसाख १२ गते भएको महाबिनासकारी भुकम्पबाट भएको क्षतीबाट अजै पनि पुनःनिर्माण गति लिन सकेको छैन् ।

झण्डै २ वर्ष बित्नै लाग्दा पनि सोचे अनुरुप काम हुन नसक्दा नागरिकहरु गुनासो बढदै जान थालेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D