gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीमा भुकम्पको सम्झना

सन्तोष महतारा
गुल्मी, ०२ माघ । आज २४ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस । भूकम्पीय सचेतना, शुरक्षित संरचना भन्ने मूल नाराका देशभर मनाइएको छ । अहिलेको पुस्ताले भोगेको र जानेको ०७२ सालको बिनासकारी महाभुकम्प हो । जसले हजारौले ज्यान गुमाए । कयौका घरबार गुमे । भने कोहि अझै पनि घाइते जीवन बिताइरहेका छन् । मानवीय स्वभाव अचम्मको छ । पीडा बिस्तारै भुल्छौ, बिगतमा जिव्रो टोकेर, छाती छोपेर र कसम खाएर नगर्ने भनेका प्रवृतिहरु पनि फेरि गरिरहका हुन्छौ ।

अहिले कोहि कसैलाई फेरि भुकम्प आउला की भन्ने हेक्का छैन् । बिपत् बाजा बजाएर आउँदैन्, त्यसैले सचेत र पुर्व तयारी आवश्यक छ । आइतबार देशभर भुकम्पको सम्झाना गरियो । त्यो कहाली लाग्दो दिन सम्झन कसैलाई मन थिएन । तर, त्यहि दिन सम्झिएर हामीले केहि गनुपर्नेछ त्यो भोलीका लागि । गुल्मीमा पनि भुकम्प सुरक्षा दिवस मुल समारोह समितिले अन्तरक्रिया गरेको छ ।

गुल्मीमा ०७२ को भूकम्पले मानवीय क्षति भएन । तर, थुप्रै नागरिक घरबारबिहिन भए । गुल्मी क्षेत्र नं १ को खडगकोटमा सवैभन्दा बढि भौतिक क्षति भयो । अहिलेसम्म पनि व्यत्तिगत तथा सरकारी संरचनाहरुको पुर्निमाण भइरहेको छ । जिल्लामा पुर्निमाणको काम अहिलेसम्म विभिन्न कार्यालयहरुले गरेका छन् । तर काम अझै बाँकी भएकाले अहिले सहरी बिकास कार्यालय अन्तर्गत आवास निर्माण कार्यालयले काम गरिरहेको छ । सोही कार्यालयका बिष्णु प्रसाद पाण्डेका अनुसार गुल्मीमा कूल ४ हजार ४ सय ४४ लाभग्राही थिए । त्यसमध्ये ४ हजार २ सय १६ लाभग्राहीले सम्झौता गरेका थिए । उनीहरु सबैले पहिलो किस्ता वापतको रकम बुझेका छन् । त्यस्तै ३ हजार ५ सय ६६ जनाले दोस्रो किस्ता बुझेका छन् । त्यस्तै ३ हजार ४ सय ४१ ज्नाले तेस्रो किस्ता बुझेका छन् । त्यस्तै जिल्लामा प्रबलीकरण अन्र्तगत गुल्मीमा एउटा मात्र आवास पुनर्निमाण भएको छ ।
गुल्मीमा कूल ३ सय ९३ बिद्यालय क्षतिग्रस्त भएका थिए । जसमा १ सय ४६ वटा बिद्यालयको निर्माण सम्पन्न भएको छ ।

‘भुकम्पपछि के हाम्रा मन र भावनाहरु सच्चिएका छन् त । हामीले हाम्रा घर कस्तो बनाउने ? सरकारी संरचना कसरी बनिरहेका छन ? अनुगमन र खबरदारी गरेका छौ की ?’ यो बिषयमो जनता पार्टी समाजवादी पार्टी गुल्मीका अध्यक्ष घनश्याम पाण्डे, त्यसैगरी नेकपा माओवादी केन्द्र गुल्मीका संयोजक बिर बहादुर कार्की, त्यस्तै नेकपा एमाले एमाले गुल्मीका कार्यालय सचिव गणेश श्रेष्ठ र नेपाली काँग्रेस गुल्मीका सभापसि खिलध्वज पन्थीले नागरिक नै सचेत हुन जरुरी रहेको बताएका छन् । उनीहरुले वास्ताविक लाभग्राही छुट्न नहुने धारणा राखेका थिए ।
भूकम्प पछि निर्माण गरिने संरचनामा ध्यान दिनु नै मुख्य कुरा भएको प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले बताए ।

अहिले सरकारी संरचना भुकम्प प्रतिरोधी निर्माण गरिएको छ । तर, गाउँका व्यक्तिले निर्माण गर्ने घरहरुको निगरानी, नियन्त्रण र सचेतनाको पाटो लुकेको छ । जसमा स्थानीय तहको भुमिका प्रमुख देखिन्छ । नागरिकमा सचेता भएमा मात्र भूकम्पले गर्न सक्ने सम्भावित क्षति कम गर्न सकिने जिल्ला समन्वय समिति गुल्मीका प्रंमुख लक्ष्मण पराजुलीले बताए । स्थानीय तहहरुले पनि यससम्बिन्धी सचेतनाका कार्यक्रम गर्न जरुरी रहेको उनको जोड छ ।

नेपालको भूकम्प इतिहासमा सबैभन्दा ठूलो बिनाशकारी भूकम्प वि.सं. १९९० माघ २ गते संखुवासभा जिल्लालाई केन्द्रविन्दु बनाएर ८.४ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसबखत नेपालमा ८ हजार ५ सय १९ जनाको मृत्यु भयो भने २ लाख ७ हजार ४० भौतिक संरचना भत्किएका थिए । यसैलाई आधार मानेर प्रत्येक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।

नेपालमा बीचमा सानासाना भुकम्प गएपनि विंस २०७२ बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु बनाई ७.८ रेक्टर स्केलको भूकम्प गयो । यसबाट ८ हजार ५ सय ५६ जनाको मृत्यु भयो भने २ लाख ८५ हजार ९९ घर तथा भवनमा क्षति पुग्यो । यो भूकम्पको ६ वर्ष पूरा भएपनि यसले गरेको क्षति पछिको निर्माण सबै सकिएको छैन । त्यसैले अब निर्माण गर्ने भौतिक संरचनामा मुख्य ध्यान दिएर क्षति कम गर्न सक्ने र भूकम्प आएपछि मात्र यसबारे सोच्ने बानीको अन्त्य गरी भूकम्प जूनसुकै समयमा आउन सक्छ भनी सचेत हुनु आवश्यक रहेको स्थानीयहरुले बताएका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D