गुल्मीमा भिरबाट लडेर २ जनाको मृत्यु

अनिल खत्री
३१ भदौ, गुल्मी । गुल्मीमा छुट्टाछुट्टै स्थानमा भिरबाट लडेर २ जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ को थाममा ४३ वर्षिय बिरहादुर केसी र मदाने गाउँपालिका वडा नम्बर ५ मलागिरीमा नरे सार्कीको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) मिनबहादुर घलेले बताए ।

बिरबहादुर पसलमा सामान किन्न गएका थिए । उनि घरमा फर्केर नआएपछि घर परिवारले खोज्दै जाँदा भिरबाट लडेर मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै नरे घाँस काट्न गएको बेला भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक २ जना भिरबाट लडेर करिव ३ सय मिटर खसेको प्रहरीले जनाएको छ । मृतक २ जनाको सवलाई गुल्मी अस्पताल तम्घासमा पोष्टमार्टको लागि ल्याएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D