gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

गुल्मीमा भिरबाट लडेर एकै दिन २ जनाको मृत्यु

१४ मंसिर, गुल्मी । गुल्मीमा भिरबाट लडेर एकै दिन २ जनाको मृत्यु भएको छ । बिहीबार बिहान खरबारीमा घाँस उठाउने क्रममा रेसुङ्गा नगरपालिका वडा नं. १२ उर्लेनी निवासी अन्दाजी ४० वर्षीय डेवनाथ पन्थीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए ।

यस्तै दिउँसो जिल्लाकै छत्रकोट गाउँपालिका वडा नम्बर ७ निवासी अन्दाजी ४८ वर्षीय अम्बीका घर्तीको पनि घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

पन्थीको बिहान सोही ठाउँको हृवाक्ने छहरा भन्ने स्थानमा खरबारीमा खर उठाउने क्रममा भिरबाट लडेर घटना स्थलमै मृत्यु भएको थियो ।

उनी सोही वडाको स्वास्थ्य चौकीमा काम गर्ने अहेव हुन् । घर्ती सोही वडाको अगाहा रातामाटा भन्ने स्थानमा घाँस काट्न गएको बेला भिरबाट लड्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D