Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गुल्मीमा भिडभाड, जुलुस, ¥यालीमा रोक - Gulminews

गुल्मीमा भिडभाड, जुलुस, ¥यालीमा रोक

अनिल खत्री
११ चैत, गुल्मी । गुल्मीमा भिडभाड, जुलुस, ¥यालीमा प्रशासनले रोक लगाएको छ । छिमेकी देश भारतमा कोरोना महामारीको संख्या बृद्धि र मृत्युदर बृद्धिभएपछि त्यसको सर्तकता स्वरुप भिडभाड, जुलुस, ¥याली नगर्न नपाइने भएको हो ।

बुधवार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले संक्रमण बढन नदिन स्वास्थ्य मापदण्ड पालन गर्नको लागि सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी रुद्रबेवी शर्माले बताइन् । बैठकले निकटमा रहेको फागु पूर्णिमा (होली) को अबसरमा परिवार भित्र मात्र मनाउने निर्णय गरेको छ ।

त्यस्तै माक्स सबैले अनिवार्य रुपमा लगाउने, सामाजिक दूरी, साबुन पानी वा सेनिटाइजरले हात धुने व्यवस्थालाई पालन गर्नु गराउनु हुन अनुरोध गरिएको छ । होटल रेष्टुरेन्ट मदिरा बिक्री बितरण उपभोग लगायतका व्यवसायहरु राती ८ बजेपछि बन्द गर्ने निर्णय भएको छ ।

सवारी साधनमा सिट क्षमता भन्दा वढि यात्रु नराख्ने, अनिवार्य माक्स तथा सेनिटाइजरको व्यवस्था यातयात व्यवसायीहरुले मिलाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताइन् । सरकारी गैरसरकारी निजी क्षेत्र, बिद्यालय÷ कलेजहरु, व्यवसायी, संघ, संस्थाहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइकासाथ पालना गराउने निर्णय भएको छ ।

निर्माण व्यवसायीहरुले विदेशबाट कामदार ल्याउदा अनिवार्य रुपमा एन्टीजेन टेष्ट गरी नेकेटिभ रिर्पोट आएकाहरुलाई मात्र निर्माण सम्बन्धि काममा लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताइन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D