gulminews logo
मंगलवार, २०८१ बैशाख ११

गुल्मीमा भारतबाट आएका झण्डै ४ हजार जना क्वारेन्टाइनमा

अनिल खत्री
२१ जेठ, गुल्मी । गुल्मीमा पछिल्लो समय यता भारतबाट आउनेको संख्यामा दैनिक जसो बढदै गएको छ । यसले गर्दा जिल्लामा कोरोना संक्रमणको उच्च जोखिम पनि बढदै गएको छ ।

जिल्लामा भारत लगायतका मुलुकहरुबाट आएका ३६ सय १ जना क्वारेन्टाइनमा रहेको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले बताए । कुल संख्या मध्ये ३२७२ जना पुरुषको संख्या र ३२९ जना महिलाहरुको संख्या रहेको छ ।

प्रत्येक स्थानीय तहमा कम्तिमा एक हजार नागरिक भारतबाट आउने प्रारम्भिक अनुमान गरिएको छ । भारतबाट आउनेहरुको दैनिक बृद्धि भइरहेकोले पालिका भित्रका सम्पूर्ण सरकारी तथा सामुदायिक भवनहरुमा उनीहरुको व्यावस्थापन गरिएको छ ।

हाल रेसुङ्गा नगरपालिकामा ३४४ जना, मुसिकोट नगरपालिकामा ५६२ जना, रुरु गाउँपालिकामा २०७ जना व्यक्ति क्वारेन्टाइनमा बसेका छन् । त्यस्तै चन्द्रकोट गाउँपालिकामा १५९ जना, छत्रकोट गाउँपालिकामा ३७७ जना, इस्मा गाउँपलिकामा ४११ जना, मालिका गाउँपालिकामा २४७ जना रहेका छन् ।

त्यस्तै धुर्कोट गाउँपालिकामा ४३९ जना, कालि गण्डकी गाउँपालिकामा ७१ जना, सत्यवत्ति गाउँपालिकामा, १९८ जना, गुल्मीदरवार गाउँपालिकामा ३४८ जना, मदाने गाउँपालिकामा २३८ जना भारत लगायतका मुलुकबाट आएर क्वारेन्टाइनमा बसेको प्रशासकीय अधिकृत पन्थीले बताए । जिल्लामा हाल ६७ वेडको आइसुलेसन तयार गरिएको छ ।

जसमा १ जना महिला र ५ जना पुरुष गरि ६ जना व्यक्तिको उपचार भइरहेको छ । ४२२७ वटा वेडको क्वारेन्टिन निर्माण गरिएको छ । कोरोना परिक्षणको लागि हालसम्म जिल्ला भर ५४६ आरडिटी परिक्षण ३५३ जनाको पिसिआर परिक्षण गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।

पिसिआर परिक्षणको लागि पठाइएका १८८ जनाको रिर्पोट आउन बाँकी रहेको शर्माले बताए । दैनिक भारतबाट आउनेको संख्या बृद्धि हुदै जान थालेसँगै गाउँपालिकामा बनाइएका क्वारेन्टाइन भरि भराउन भएका छन् । जिल्लामा हालसम्म ३ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

गुल्मी जिल्लामा कोरोना संक्रमितको संख्या ५ पुगेको छ भने १ जना उपचार पछि घर फर्केका छन् । १ जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D