gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मीमा भर्खरै खुलेको भेटेनरी अस्पतालद्वारा ९ करोड रुपैँयाको कार्यक्रम सार्वजनिक

अनिल खत्री
३० पुस, गुल्मी । भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गुल्मीले वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । जिल्लामा अघिल्लो हप्ता मात्रै स्थापना भएको कार्यालयले यस आर्थिक वर्ष २०७८÷०७९ सालका लागि गरिने कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

कार्यालयले चालु आर्थिक वर्षमा बिभिन्न शिर्षकमा ८ करोड ९२ लाख ९१ हजार बराबरको कार्यक्रम गर्ने भएको छ । जिल्ला सदरमुकाम तम्घासमा स्थानीय तहका जनप्रतिनिधी, कार्यालय प्रमुख लगायतको सहभागितामा कार्यालयका डा.भरत काफ्ले वार्षिक कार्यक्रम सार्वजनिक गरेका हुन् ।

भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गुल्मीले यस आर्थिक वर्षमा कृषि उत्पादन, खाद्य तथा पोषण सुरक्षाका लागि १ करोड ४ हजार, स्मार्ट गाउँ कार्यक्रमका लागि १ करोड ७६ हजार खर्च गरिने भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गुल्मीका डा. भरत काफ्लेले बताए । मत्स्य विकास तथा प्रवर्धन कार्यक्रमका लागि ३० लाख, अभियानमुखि (मिसन) कृषि तथा पशुपन्छी विकास कार्यक्रमका लागि २९ लाख, कृषि तथा पशुपन्छी श्रोत तथा प्रबिधि सेवा टेवा विस्तार कार्यक्रममा १ करोड ९६लाख रकम रहेको छ ।

त्यस्तै पशुपन्छी विकास तथा पशु स्वास्थ्य नियमन कार्यक्रममा ८२ लाख, पशु सेवा (संघ ससर्त) ११ लाख, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना (संघ शर्सत अनुदान)कार्यक्रममा ५१ लाख खर्च गरिने डा. काफ्लेले बताए । सार्वजनिक गरिएका कार्यक्रमहरु आबेदन मागका लागि जिल्ला स्थित स्थानीय तहहरुसँग सूचना जारी गरिने भएको छ ।

जिल्लामा ४ किसिमका पशुपन्छी तथा माछा जन्य उद्योगहरु रहेको पाइएको छ । जस अनुसार व्यावसायिक गाईभैँसी फार्म ३८ वटा, व्यावसायिक बाख्रा फार्म १ सय ८ वटा, व्यावासयिक भेँडा फार्म १३ वटा र व्यावसायिक बंगुर फार्म १२ वटा रहेका छन् ।

वार्षिक कार्यक्रममा सहभागिले कार्यक्रम प्रभावकारिताको लागि जिज्ञासा समेत रोखका थिए । भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गुल्मीमा कार्यक्रमहरु आएपनि आबश्यक कर्मचारीको अभाव रहेको छ । जसले गर्दा सार्वजनिक गरिएका कार्यक्रमहरु प्रभावकारीताका साथ सम्पन्न गर्न चुनौती समेत रहेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D