gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मीमा भदौ ३१ गतेसम्म निषेधाज्ञा थप, सबै पसल-व्यवसाय खुल्ने

गुल्मी, २१ भदौ । गुल्मीमा सबैखाले पसल व्यवसाय खुल्ला गर्दै भदौ ३१ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले स्वास्थ्य मापदण्ड अपनाउँदै सबैखाले पसल व्यवसाय खुल्ला गर्ने निर्णय गरेको हो ।

गुल्मीमा सबैखाले पसल व्यवसाय, बैंक र वित्तीय संस्था, होटल तथा रेष्टुरेण्टहरु स्वास्थ्य मापदण्ड अपनाएर पूर्णरुपमा सञ्चालन गर्न पाउने भएका छन् । यसअघिको निषेधाज्ञामा निश्चित समय तोकेर पसल व्यवसाय खोल्न पाउने व्यवस्था थियो ।

गत वैशाख १७ गतेदेखि निरन्तर जारी गरिँदै आएको निषेधाज्ञा कोरोना संक्रमणको अवस्था हेरेर चरणबद्ध रुपमा खुकुलो बनाइएको हो । यो अवधिमा संक्रमणको जोखिम उच्च भएका स्थानमा भौतिक उपस्थितिमा सञ्चालन गर्न नपाइने भएको छ ।

विद्यालय सञ्चालन गर्ने अधिकार स्थानीय तहले पाएका छन् । स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि २०७८ अनुसार जिल्ला कोभिड व्यवस्थापन समितिसँग समन्वय गरी स्थानीय तहले विद्यालय सञ्चालनको निर्णय लिन सक्ने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । -अन्लाईन खबर डट कमबाट

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D