Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गुल्मीमा बृद्ध दम्पतिले गरे आत्महत्या, नयाँ बर्षमा बिपन्न परिवारमा शोक - Gulminews

गुल्मीमा बृद्ध दम्पतिले गरे आत्महत्या, नयाँ बर्षमा बिपन्न परिवारमा शोक

टोपलाल अर्याल
गुल्मी, २ बैशाख । गुल्मीमा नयाँ बर्षकै दिन बृद्ध दम्पतिले आत्महत्या गरेका छन् । त्यो पनि एउटै पासोमा । कालिगण्डकी गाउँपालिका ५ फोक्सिङ्गका ७० बर्षीय ओम बहादुर र उनकी श्रीमति ६९ की खिमकला सार्कीले सोमबार आत्महत्या गरेका हुन् । घर नजिकैको खनियाँको रुखमा ओम बहादुरले प्रयोग गर्ने गलबन्दीमा झुण्डिएको अवस्थामा दिउँसो फेला परेको वडाध्यक्ष थम्मनसिंह आलेले जानकारी दिए ।

दम्पतिको एक छोरा र तीन छोरी छन् । छोरा केहि दिन अघि मात्रै कुवेत गएका थिए । बुहारी र नातिनातिकना घरमै छन् । तर के कारण दुवै जनाले आत्महत्या गरे भन्ने कुरा केहि पत्ता नलागेको वडाध्यक्ष आलेले बताए । ‘नयाँ बर्षको लागि घरमै मासु काटेका छन्, दुवै जना मजदुर गर्ने मान्छे हुन,’ आलेले भने,‘ ७० बर्षको मान्छे किन झुण्डिए अचम्म परेका छौ ।’ यो घटनाले नयाँ बर्षकै दिन छिमेकनै शोकमा परेको स्थानीय खुम बहादुर परियारले बताए । उनले कहिलेकाँही दम्पतिमा मनमुटाब हुने सामान्य कुरा भए पनि घाँस काट्न गएका बुढाबुढीनै झुण्डिएपछि परिवारमा संन्नटा छाएको बताए ।

दम्पतिलेनै आत्म हत्या गरेको खबर पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरिक्षक चुरामणी पुनको नेतृत्वमा प्रहरी घटनास्थल पुगेको थियो । घटनाको मुचुल्का गरेर शब पोष्टमार्टमको लागि जुहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख राजेन्द्रसिंह खड्काले बताए । स्थानीयका अनुसार पहिलेबाट दम्पतिले पालैपाले आत्महत्या गर्ने कुरा गरिरहने गरेको खड्काले बताए । शबको पोष्टमार्टमपछि परिवारले दाहासंस्कार गर्ने उनले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D