gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मीमा बिरोध प्रर्दशन, रुकुम घटना भवितव्य भनेर मोड्न खोजे दुर्भाग्य

टोपलाल अर्याल
गुल्मी, १८ जेठ । रुकुम हत्या काण्ड र गुल्मीको फोक्सिङको छुवाछुतको घटनालाई लिएर दलित अधिकारीकर्मीहरुले बिरोध प्रर्दशन गरेका छन् । दलित साझा मञ्चको अगुवाईमा जिल्ला प्रशासन कार्यालय अगाडी प्रर्दशन गर्नुका साथै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाइएको हो ।

अधिकारकर्मीहरुले पश्चिम रुकुमको चौरजहारी नगरपालिकामा भएको घटनाका दोषीलाई कानुनी कारबाहीको माग गरेका छन् । पुर्व संविधान सभा सदस्य कमला विश्वकर्माले रुकुम घटना भवितव्य भनेर मोडन खोजे दुर्भाग्य हुने बताइन् । उनले यो मानवता बिरुद्धको अपराध भएकाले कुनै जात बिशेषको मुद्धा नभएको स्पष्ट पार्दै घटनामा संलग्नहरुलाई कानुनको दायरामा ल्याउन आग्रह गरिन् । त्यस्तै जिल्लामा दलित आन्दोलनको अगुवाई गरिरहेको दलित साझा मञ्चका अध्यक्ष गणेश विश्वकर्माले एकपछि अर्को दलित केन्द्रित आक्रमण भइरहेको बताए । उनले अन्तरजातिय प्रेम सम्बन्धकै कारण हत्या गर्नु, घर पसेकै कारण जरिवाना गर्नु, दलित बालिकाको बलात्कारपछि हत्या गर्नु, क्रृयापत्रीमाथि आक्रमण लगायतका अमानवीय घटनाका आरोपितहरुलाई कडा कारबाही गर्नुपर्ने बताए ।

दलित अधिकारकर्मीहरुले ‘दलित एकता जिन्दावाद्, पश्चिम रुकुमका दोषीलाई कडा कारवाही गर, फोक्सिङ जातिय विभेद्का दोषीलाई कडा कारवाही गर, रुकुम घटनाका षड्यन्त्रकारी होसीयार, जातिय भेद्भाव अन्त्य गर लगायतका प्ले कार्डसहित प्रर्दशन गरिएको दलित साझा मञ्चका उपाध्यक्ष रोम विश्वकर्माले बताए । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले ज्ञापनपत्र तत्काल प्रधानमन्त्रीको कार्यालयमा पठाउने बताउँदै रुकुमको घटनाले आफू पनि दुःखी बनाएको बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D