gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीमा बिरामी चितुवाको उद्धार

गुल्मी, १२ भदौ । गुल्मीमा बिरामी चितुवाको उद्धार गरिएको छ । जिल्लाको धुर्कोट गाउँपालिका–५ वस्तुमा बिरामी अवस्थामा भेटिएको चितुवाको उद्धार गरिएको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।

चितुवा दुब्लो र राम्रोसँग हिँडडुल समेत गर्न नसक्ने अवस्थामा भेटिएको थियो । नियन्त्रणमा लिइएको चितुवा २-४ दिन अगाडिदेखि नै वस्ती आसपासमा रहेका खाली गोठहरुमा बस्ने गरेको स्थानीय वासिन्दाले बताएका थिए ।

बुढो र बिरामी देखिने चितुवा मानिसलाई आक्रमण लगायतका गतिविधि भने गरेको थिएन । चितुवा १ दशमलव ५ मिटर लम्बाइ ६० सेमी उचाइ रहेको थियो ।

उद्धार गरिएको चितुवालाई डिभिजन वन कार्यालय गुल्मीमा उपचार गरेर राखिएको छ । चितुवा बुढो र बिरामी भएको अनुमान गरिएको छ । -अन्लाईनखबर डट कमबाट

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D