gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

गुल्मीमा बिद्यार्थीलाई साइबर अपराध र सुचनाको हक अधिकार कार्यक्रम

अनिल खत्री
गुल्मी, माघ ९ । गुल्मीमा साइबर अपराध र सुचनाको हक अधिकार सम्बन्धी एक दिने कार्यक्रम सम्पन्न भएको छ । बिद्यार्थीहरुमा साइबर अपराध र सुचनाको हक अधिकारीबारे जानकारी दिनेउदेश्य निजामति कर्मचारी श्रीमती संघ केन्द्रिय कार्यालय काठमाडौंको आयोजनामा मंगलवार जिल्लाको सदरमुकाम तम्घासमा सम्पन्न भएको हो ।

साइबर अपराधले समाजमा घटने समस्याहरु र सुचनाको हकबारे केहो कसरीलिने दिने बारे राखिएको कार्यक्रममा सदरमुकाम तम्घस स्थित ४ वटा बिद्यालयका बिद्यार्थीहरुको सहभागिता रहेको थियो । जिल्ला स्थित महेन्द्र माबि,सिद्धबाबा माबि,रेसुङ्गा माबि र उपल्लो तम्घास माबिका बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

साइबर अपराध र सुचनाको हकबारे प्रहरी निरिक्षक भोजराज पाण्डेयले प्रशिक्षण दिएका थिए । उनले साबइर अपराधले ठुला ठुला जघन्य रापराधहरु घटने गरेकाले यसको प्रयोग गर्दा बिशेष ध्यानु पर्ने बताए ।

हाल समाजमा बिद्युतिय माध्यमबाट सञ्चालित सामाजिक सञ्जालबाट बिभिन्न खाले घटनाहरु घट्ने गरेकाले यसको प्रयोगमा बिद्यार्थीहरु पनि चनाखो हुनुपर्ने बताए । बिद्यार्थीहरुलाई प्रर्शिक्षण दिँदै प्रहरी निरिक्ष पाण्डेले भने साइबर अपराधबाट गरिएको दण्ड साजयको समेत कानुनमा व्यवस्था रहेकाले यसको प्रयोग सहि सदुपयोग हुनुपर्ने जोड दिए ।

बिद्यार्थीहरु समाजका ऐना भएकाले यसबारे समाजमा जनचेतना जगाउनु उनले आग्रह गरे । कार्यक्रममा रेसुङ्गा नगरपालिका उपप्रमुख सिता भण्डारी, गुल्मीमा प्रमुख जिल्ला अधिकारी गोपाल अर्याल,उपल्लो तम्घास माबिका प्रधान ध्यापक राममणी पन्थी निजामती कर्मचारी श्रीमती संघ केन्द्रिय अध्यक्ष चन्द्रकला रेग्मी लगायतले वढदो साइबर अपराध रोक्न बिद्यार्थीहरुबाटै सुसोचित हुनुपर्ने जोड दिए ।

उनिहरुले सामाजिक सञ्जाल देखि साइबर अपराध जन्य प्रयोगमा बिशेष ध्यान दिन आग्रह गरे । उनिहरुले बिद्यार्थीहरुलाई सुचनाको हक अधिकारी बारे पनि जानकारी गराएका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D