gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

गुल्मीमा बिदेशबाट फर्केर सामुहिक बाख्रा पालनमा

अनिल खत्री
६ पुस, गुल्मी । पछिल्लो समय यता स्वदेमै बाख्रा पालनको तर्फ आकर्षण वढन थालेको छ । अर्काको देशमा गएर पसिना बगाउनु भन्दा आफ्नै गाउँघरमा व्यवसाय गरेर आत्मनिर्भर बन्न सकिने भन्दै बिदेशबाट फर्केर गुल्मीका तिनजना व्यक्ति मिलेर सामुहिक बाख्रा पालन तर्फ आकर्षित भएका हुन् ।

पैंसा कमाउनको लागी युवाहरु बिभिन्न खाडीमुलक तथा अन्य देशमा जाने प्रचलन छ । तर कतिपय युवाहरु भने बिदेशबाट फर्किएर बिभिन्न व्यवसायमा जुटेका छन् ।

गुल्मीको रेसुङ्गा नगरपालिका वडानम्बर–७ का स्थानीय नवराज मरासिनी, तेजबहादुर पुन, रघुनाथ पन्थी तिनजना व्यक्ति मिलेर सामुहिक रुपमा बाख्रा पालन गरेका हुन् । नवराज मरासिनी कतारमा र तेजबहादुर पुन दुबइमा ५÷५ वर्ष बसेर आएका हुन् ।

रघुनाथ पन्थी भने स्थानीय समाजसेवी हुन् । उनिहरु मिलेर ३ वर्ष पहिलेबाट बाख्रा पालन शुरु गरेका छन् । ५ लाख लगानीमा २० वटा बाख्रा पालन व्यवसाय ५२ वटा बाख्रा पुगेका छन् ।

अहिले लोकल, खरी र वयर जातका बाख्रा पालन गरेका छन् । बाख्रा पालन व्यवसायमा स्थानीयले रोजगारी समेत पाएका छन् ।

बाख्रापालनको राम्रो सम्भावना भएकाले यस ब्यवसायमा लागेको नवराज मरासिनीले बताए । बिदेशबाट फर्केर बेरोजगारी जस्तै भएर बसेको समयमा केहि गर्नु पछि र अरुले पनि सिकुन भन्ने उदेश्यले बाख्रापालन व्यवसाय गर्दै आएको मरासिनीले बताए ।

अहिले बाख्रा फमबाट सामान्य रुपमा बिक्री गर्न शुरु भएको छ । वयरजातको बोकाको जिउदो १ केजीको हजार, स्थानीय जातको ५ सयमा बिक्री हुने गरेको छ । बिना अध्ययन बाख्रा पालन गर्दा धेरै समस्या थपिएको उहाँहरुको भनाई छ । आफुहरुको व्यवसायमा राज्यबाट पनि सहयोग गरेको व्यवसायी नवराज मरासिनीले बताए ।

बाख्रा फमलाई व्यवस्थित रुपमै बिस्तार गरेर १ सय वटा जति बाख्रा बनाउने सोच रहेको मरासिनीको भनाई छ । बाख्रा पालन गर्दा घाँसको समस्या परेको उहाँहरुको सोच रहेको छ ।

बाख्रा पालनमा व्यवसायिकता बढेसँगै मासुमा आत्मनिर्भर हुनुका साथै निर्यात समेत हुन थालेको छ । पछिल्लो समय जिल्लामा बाख्रापालन ब्यवसाय फस्टाउँदै गएको छ । कम मेहनत र लगानीमै मनग्ये आम्दानी हुन थालेपछि यस तर्फ महिला कृषकको आकर्षण बढेको हो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D