gulminews logo
आईतवार, २०८१ बैशाख २३

गुल्मीमा बर्षादले बिद्युत र अधिकांश सडक संजाल बन्द, ईन्टरनेट र फोन लाईन पनि प्रभावित

टोपलाल अर्याल
गुल्मी, २२ असोज । गुल्मीमा निरन्तरको बर्षाको कारण बिद्युत र सडक संजाल बन्द हुँदा नागरिकले सास्ती खेप्न बाध्य छन् । ठुलो बर्षाले बिरबास–तम्घास–वस्तु ३३ केभी मेल लाइनमा क्षति पुगेपछि चार दिनदेखि सम्पूर्ण बिद्युत सेवा बन्द भएको छ । रेसुङ्गा नगपालिका ९ स्थित पुतलीबजारमा पहिरोले ट्रान्समिटरसहितका पोलहरु बगाएकाले सम्पूर्ण लाइनहरु अवरुद्ध भएको नेपाल बिद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख इश्वकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अन्ुुसार जिल्लाभरको बिद्युत सूचारु गर्न अझै केहि दिन लाग्छ ।

मेन लाइनको समस्या समाधान भएपछि मात्रै शाखाहरुको अवस्था हेरेर बिद्युत संचालन गरिने श्रेष्ठले बताए । बिद्युत नभएपछि संचार क्षेत्र प्रभावित छन् । जिल्लाका अधिकांश एफएम रेडियो बन्द छन् । नेटवर्क अवरुद्ध हुँदा गाउँहरु सम्पर्क बिच्छेद भएका छन् । बिद्युतिय मेसिनहरु बन्द भएका कारण कुटानीपिसानीमा समेत समस्या भएको छ । बर्षातले खल्लो बनेको दशैमा बिद्युत समेत नहुँदा निकै पट्यार लाग्दो अवस्थामा चार दिन बिताएको मुसिकोट नगपालिका ३ का सरोज क्षेत्रीले बताए ।

त्यस्तै जिल्लाका अधिकांश ग्रामीण सडकहरु अवरुद्ध रहेका छन् । मदनभण्डारी राजमार्ग अन्तगत रेसुगा नगपालिका ४ अर्खलेमा पुरै सडकनै भासिएको छ । भने विभिन्न ठाउँमा खोला बढेका कारण यातयात संचालनमा जोखिम रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक श्यामप्रकाश यादवले जानकारी दिए । त्यस्तै रिडी–रुद्रवेणी–वामी सडक पनि अवरुद्ध रहेको छ । चन्द्रकोट गाउँपालिका ७ को रुपाकोटमा खसेका पहिरोहरु अहिले हटाउने काम भइरहरहेको यादवले बताए ।

कालिगण्डकी करिडोर चारदिनदेखिनै अवरुद्ध रहेको छ । त्यो बाहेक प्रमुख सडकबाट गाउँ जाने तीन दर्जन बढि ग्रामीण सडकहरु अवरुद्ध रहेको यातयात व्यावासायीहरुले बताएका छन् । दशैको लागि विभिन्न ठाउँबाट घर आएकाहश्र गन्तव्यमा फर्किन आतुर छन् । तर, सडक संजाल बन्द भएका कारण समस्यामा परेका छन् । ‘न भनेजस्तो दशै भयो नत सडकको कारण फर्किने कुनै टुङ्गो छ । निकै पीडा र सास्तीका बिच दशै गयो,’इस्मा गाउँपालिका ३ का विवेक जिसीले भने,‘ ३० बर्षपछिको दशै पनि खुसी बन्न सकेन् ।’

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D