गुल्मीमा प्रहरी प्रमुखको रुपमा भिम बहादुर दाहाल

सन्तोष महतारा
गुल्मी, २१ चैत । गुल्मीमा प्रहरी प्रमुखकाे रुपमा आएका भिम बहादुर दाहाल र जिल्लास्थित क्रियाशील पत्रकारहरुबीच भेटघाट भएको छ । साेमबार जिल्ला प्रहरी कार्यालय गुल्मीको आयोजनामा प्रहरी उपरीक्षक दाहाल र पत्रकारहरुबीच परिचयात्मक कार्यक्रम तथा भेटघाट भएको हो ।

भेटघाटकाे क्रममा प्रहरी उपरीक्षक दाहालले गुल्मी जिल्लाकाे समग्र बिषयवस्तुमा पत्रकारहरुसँग जानकारी लिएका थिए । जिल्लाकाे शान्तिसुरक्षा कायम गर्न पत्रकारसँगकाे सहकार्य पनि अपरिहार्य भएको भन्दै दाहालले सुचना आदानप्रदान गरेर अगाडि बढ्नुपर्ने बताए ।

उपस्थित पत्रकारहरुले प्रहरीबाट दिने सुचना समयमा उपलब्ध गराउन माग राखेका थिए । सुचना आदानप्रदानमा आफूहरूकाे पनि सहयोग हुने भन्दै पत्रकारहरुले ठूला घटना गुल्मीमा नहुने भएकोले ससाना कुरामा ध्यान दिन आग्रह गरेका थिए ।

उपरीक्षक दाहालसँगकाे भेटघाटमा नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टाेपलाल अर्याल, निवर्तमान अध्यक्ष नवराज भुसाल, वर्तमान उपाध्यक्ष रेशम कुँवर, सहसचिव तिलाचन पाण्डे र तेजेन्द्र श्रेष्ठ लगायत जिल्लाका क्रियाशील पत्रकारहरुकाे उपस्थिति रहेको थियो ।

गुल्मीमा प्रहरी प्रमुखको रुपमा प्रहरी उपरीक्षक दाहालले केही दिन अगाडि मात्र गुल्मीकाे कार्यभार समालेका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ