gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मीमा प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा २ जना पक्राउ

गुल्मी, पुस २ । रेसुङ्गा नगरपालिका-१२ भगेरीस्थित ड्युटीमा खटिएको प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा जाजरकोट कुसे गाउँपालिका-२ बस्ने ४१ वर्षीय पुर्णबहादुर सिंह र पाल्पा निस्दी गाउँपालिका-१ बस्ने ४२ वर्षीय मिनबहादुर आले रहेका छन् ।
उक्त स्थानमा खटिएको प्रहरीले उक्त स्थानमा चेकजाँच तथा पैदलयात्रीलाई सोधपुछ गर्ने क्रममा उल्टै प्रहरीमाथि अभद्र व्यवहार गरेपछि उनीहरुलाई पक्राउ गरेको गुल्मी प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यस अघी पनि झन्डै डेढ महिना अघी रेसुङ्गा नगरपालिका-८ चिदिचौरमा डिउटीमा खटिएको प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा रुपन्देही सैनामैना नगरपालिका-२ सरौली बस्ने ४६ वर्षीय बिष्णु भट्टराईलाई प्रहरीले पक्राउ गरेको थियो ।
उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट ड्उटीमा खटिएको प्रहरीले उनलाई सोधपुछ गर्ने क्रममा उनले प्रहरीमाथि गाली गलौज तथा धाकधम्की दिई दुर्व्यवहार गरेपश्चात उनलाई पक्राउ गरेको गुल्मी प्रहरीले जानकारी दिएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D