gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मीमा प्रहरीकै हटलाइनमा फोन गरेर धम्की, अश्लील बोल्दै “जागिर खाइदिने” धम्की

police station gulmi
गुल्मी, साउन ३ । जिल्ला प्रहरी कार्यालय गुल्मीको हटलाइन नं. १०० मा फोन गरी धम्की दिइने गरिएको छ ।

एक सातादेखि राति ९ देखि १२ बजेसम्म फोन गरी अश्लिल शब्द प्रयोग गर्दै धम्की आउने गरेको प्रहरीले जनाएको छ ।

फोनमा ‘म डिएसपी हुँ तेरो जागिर खाइदिन्छु’ भन्दै धम्की आउने जिल्ला प्रहरी कार्यालयले बताएको छ । कार्यालयको हटलाइन नं.मा ९८०५२२१४८४, ९८२१५२९१७३ र ९८०६१५५४२७ नम्बरको मोबाइलबाट फोन आउने गरेको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रविन्द्र खड्काले फोन गरी धम्क्याउने व्यक्तिको खोजी कार्य जारी रहेको बताए ।

खड्काले ती व्यक्तिको पहिचान गरी चाँडै कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरे । -थाहा खबरबाट

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D