गुल्मीमा प्रधानमन्त्री केपी ओलको पुत्ला जलाईयो

प्रेम सुनार
गुल्मी, फाल्गुण ११ । विप्लव नेतत्वको नेपाल कम्युनिष्ट पार्टी गुल्मी जिल्ला कमिटीले आज विहानै देखि सुरुक्षाकर्मीहरुको वाक्लो उपस्थितीका वावजुद् पनि प्रधानमन्त्री केपी शर्मा ओलीको सदरमुकाम तम्घासमा पुत्ला दहन गरेको छ । सो संगठनले हिजै पत्रकार सम्मलेन गरी प्रधानमन्त्री ओलीको पुत्ला दहन कार्यक्रम रहेको कुरा जानकारी गराई सकेको थियो ।
gulmi khabar
आज दिउँसो सवा १ वजेको समयमा सो पार्टीका गुल्मी जिल्ला ईञ्चार्ज धिरज राना, सेक्रेटरी खिम खड्का लगाएतका नेता र कार्यकर्ताहरुले तम्घासको अर्घाखाँची जिपपार्र्कमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन । सो पार्टीका दुई जना नेतालाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन गरिएको र भोली जनप्रदर्शनको कार्यक्रम रहेको जिल्ला सेक्रेटरी खिम खड्काले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ