गुल्मीमा प्रथम मालिका क्वीज सञ्चालन हुँदै

सन्तोष महतारा
गुल्मी, जेठ १७ । गुल्मीमा प्रथम मालिका क्वीज सञ्चालन हुने भएको छ । मालिका गाउँपालिको आयोजना तथा टि.जि. मिडिया प्रा.लि. को सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिने भएको हो ।

मालिका गाउँपालिकाभित्र माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरूको बौद्धिक क्षमता वृद्धि गर्ने उद्देश्यले प्रथम मालिका क्वीजको आयोजना गरिने भएको मालिका गाउँपालिकाले जनाएकाे छ ।
प्रथम मालिका क्वीजमा मालिका गाउँपालिका भित्र रहेको १० वटा माध्यमिक विद्यालयको सहभागिता रहनेछ भने प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १२ हजार, ९ हजार र ६ हजार सहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

कार्यक्रम यही जेठ २२ गते मालिका गाउँपालिकाको वडा नम्बर ८ मा रहेको मालिका माध्यमिक विद्यालयमा सञ्चालन हुने कार्यक्रम संयाेजक डि.बि खड्काले जानकारी दिनुभएकाे छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ