gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मीमा प्रजिअ सहितको समूहद्वारा सामुदायिक विद्यालयहरुकाे अनुगमन

सन्तोष महतारा
गुल्मी, १५ असाेज । गुल्मीका प्रमुख जिल्ला अधिकारी सहितकाे समूहले सदरमुकाम स्थित सामुदायिक विद्यालयहरुकाे अनुगमन गरेकाे छ । विद्यालयहरुमा काेराेना भाइरस संक्रमणकाे दर बढ्ने जोखिम रहेकोले प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, राष्ट्रिय अनुसन्धान विभाग गुल्मीका प्रमुख दिनेश पाेखरेल, जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्य, जिल्ला शिक्षा तथा समन्वय इकाई गुल्मीका प्रमुख लाेकनाथ मरासिनी, रेसुङ्गा नगरपालिकाका शिक्षा शाखा प्रमुख बिष्णु ज्ञवालीसहितको समूहले सदरमुकामस्थित सिद्धबाबा माध्यमिक विद्यालय र महेन्द्र नमुना माध्यमिक विद्यालयकाे अनुगमन गरेकाे हो ।

अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी पाैडेलले सबै विद्यालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर अध्यापन गराउनुपर्ने बताएका थिए । विद्यालयहरुमा काेराेना भाइरसकाे संक्रमण दर बढिरहेकोले सबै विद्यार्थीहरुले अनिवार्य मास्क लगाउनुपर्ने, साबुनपानीले राम्रोसँग हात धुनुपर्ने र सबै विद्यार्थीहरुलाई शिक्षकले राम्रोसँग स्वास्थ्य सुरक्षाका मापदण्ड सम्बन्ध जानकारी दिने जस्ताकुराहरुमा विद्यालयहरुकाे अनिवार्य ध्यान जान आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी पाैडेलले विद्यालयका शिक्षकसँग भनेका थिए ।

गुल्मी जिल्लाका सबै विद्यालयहरुमा स्थानीय तहसँग समन्वय गरि स्वास्थ्य सुरक्षाका मापदण्डका सम्बन्धमा अनिवार्य जानकारी दिन पनि प्रमुख जिल्ला अधिकारी पाैडेलले स्वास्थ्य कार्यालय गुल्मीलाई निर्देशन दिएका थिए ।

विद्यार्थी र शिक्षकहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर अध्ययन र अध्यापनमा जाेड दिनुपर्ने उनले प्रतिक्रिया दिए । विद्यालय अनुगमनकाे क्रममा सिद्धबाबा माध्यमिक विद्यालयले अनुराेध गरेपछि प्रमुख जिल्ला अधिकारी पाैडेलले अमलाकाे बिरुवा समेत राेपेका थिए । उनले सदरमुकामका विद्यालयहरु व्यवस्थित भएको र अझै व्यवस्थित गराउन आग्रह गरेका थिए । स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले सदरमुकाममा स्कुल बस संचालन गर्दा व्यवस्थित तरिकाले संचालन गर्न निर्देशन दिएका थिए ।

गएको ४ दिनमा रुरु गाउँपालिकामा शिक्षक र विद्यार्थीमा काेराेनाकाे संक्रमण दर निरन्तर बढिरहेको छ । शिक्षक र विद्यार्थीमा काेराेना संक्रमण पुष्टि भएपछि रुरुक्षेत्र गाउँपालिकाका ३ वटा विद्यालय बन्द गरिएको छ ।

विद्यार्थीहरु सूचनाको संबाहक भएकोले विद्यार्थी मार्फत घरघरमा सूचना पुराएर सबैलाई मास्क अनिवार्य, साबुनपानीले हात धुन अनिवार्य र भाैतिक दूरी कायम गर्न अनिवार्य गरेर काेराेना भाइरसबाट सबै बच्ने अनुगमनकाे मुख्य उद्देश्य रहेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पाैडेलले बताएका थिए । प्रमुख जिल्ला अधिकारी पाैडेलले गाउँगाउँका विद्यालयहरुमा स्वास्थ्य सुरक्षाका मापदण्डकाे बिषयमा स्वास्थ्यकर्मी र शिक्षकहरुले अनिवार्य जानकारी गराउन निर्देशन दिएका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D