gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीमा पीसीआर मेसिनको उद्घाटन: नयाँ मेसिन आयो, एक हप्ता पछी सन्चालनमा आउने

हुमाकान्त पोखरेल
गुल्मी, ०१ असौज । गुल्मीमा पीसीआर मेसिनको उद्घाटन गरिएको छ । बिहिबार सरकारका परराष्ट्रमन्त्री एवं प्रवक्ता प्रदिपकुमार ज्ञवालीले कोभिड १९ परीक्षण प्रयोगशालाको उद्घाटन गरे । जिल्लामा कोरोना संक्रमितको पहिचान गरी कोरोना समुदाय स्तरमा फैलिन नदिनको लागि पीसीआर मेसिन संचालनमा ल्याउन लागिएको हो ।

उक्त मेसिन मन्त्री ज्ञवालीले गत साउन २ गते रेसुङ्गा नगरपालिकाका मेयर डिल्लिराज भुसाललाई हस्तान्तरण गरेका थिए । तर बीचमा केही प्राविधिक समस्या देखिपछि मर्मतको लागि काठमाडौ लगिएको थियो । अहिले काठमाडौबाट उक्त मेसिनको सट्टा नयाँ मेसिन ल्याइएको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर ९ उपल्लो तम्घासमा राखिएको परीक्षण प्रयोगशालाबाट एक पटकमा ९६ वटा स्याम्पलको नतिजा आउने तम्घास अस्पतालका प्रमुख डाक्टर उत्तम पाच्याले जानकारी दिए । बिहिबार ल्याबको उद्घाटन गरिएपनि नियमित संचालनमा आउन भने अझै एक हप्ता लाग्नेछ । अहिले तत्कालै भैरहवाबाट कोरोना पोजेटिभ र नेगेटिभ स्वाब स्याम्पलको रुपमा ल्याई परीक्षण गर्ने र त्यसैको नजिताको आधारमा यस प्रयोगशाला संचालन गर्ने डाक्टर पाच्याले बताए ।

४ देखि १७ दिनको प्रतिक्षा अन्त्य भयो

गुल्मीमै पीसीआर परीक्षण सुरु भएपछि ४ देखि १७ दिनसम्म पीसीआर रिपोर्टको प्रतिक्षामा बस्नुपर्ने बाध्यताको अन्त्य हुनेछ । यसभन्दा अगाडी संकलन गरिएका स्वाब काठमाडौ, हेटौडा र भैरवहवा पु¥याउने गरिएको थियो । त्यसो गर्दा रिपोर्टकै प्रतिक्षामा लामो समय कट्ने भएकोले अब त्यो समस्या समाधान भएको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले बताए । ‘१७ दिनसम्म पिसिआर् रिपोर्टको प्रतिक्षा गर्दा अति नै समस्या परेको थियो ।’ उनले भने, ‘अब स्वाबको सङ्ख्या हेरीकन बढीमा दुई दिनमा नजिता आउनेछ ।’ ल्याबमा अहिले ५ नम्बर प्रदेशको प्रदेशिक जनस्वास्थ्य प्रयोगशालाबाट एकजना र तम्घास अस्पतालका एकजन गरी दुईजना कर्मचारी कार्यरत छन् । तर दुईजनाले मात्रै नपुग्ने भएकोले जनशक्ति थप गर्नको लागि सुचना प्रकाशित गरिएको छ । यहि असौज ६ गतेसम्म पाचँ जना जनशक्ति थपिन गई कुल सात जना पुग्ने र यसकाले काममा सहजता आउने अर्यालले बताए ।

ल्याब पुन: प्रयोगमा आउछ

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पीसीआर ल्याब दीर्घकालसम्म प्रयोग गर्न सकिने भएकोले ल्याइएका उपकरण जिल्लाको सम्पत्ति भएको बताए । करिब एक करोडको लागतमा जडान गरिएको मेसिन अन्य रोगको जाँच गर्ने काममा पनि प्रयोगमा आउने भएकोले सामग्रीको संरक्षण र उपयोगामा ध्यान दिन सबैलाई आग्रह गरे । त्यसका साथै उनले हिड्दा वा अन्य दैनिक काम गर्दा अनिवार्य रुपमा माक्स लगाउने, निश्चित दुरी कायम गर्ने जस्ता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेका स्वास्थ्य नियमहरु पालना गर्न आग्रह गरे । अन्य देशको तुलनामा नेपालमा सकं्रमित र मृत्युदर कम भएकोले धेरै नआत्तिन उनले सबैलाई आग्रह गरे । तर जो–सुकै नागरिकको मृत्यु राज्यको लागि दुःखद् विषय हुने भएकोले सजक रहन उनले आग्रह गरे । सरकारले समयमै जारी गरेको लकडाउन, बढाएको परीक्षण दायरा जस्ता बिषयले संक्रमण धेरै फैलन नपाएको उनले बताए । ‘पैसा र बन्दुकले कोरोनालाई जित्ने भए विकाशशिल देशमा भयाभहको स्थिति हुने थिएन ।’ उनले भने, ‘त्यसैले कोरोनालाई हेलचक्रयाई नसम्झौं, सुरक्षित रहौं ।’

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D