Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गुल्मीमा पिसिआर ल्याब संचालन हुने, असार तेस्रो साता संचालनमा ल्याउने कार्ययोजना निर्माण - Gulminews

गुल्मीमा पिसिआर ल्याब संचालन हुने, असार तेस्रो साता संचालनमा ल्याउने कार्ययोजना निर्माण

टोपलाल अर्याल
गुल्मी, ३१ जेठ। गुल्मीमा पिसिआर ल्याब तथा ५० बेडको आइसोलेशन हाउस संचालन गरिने भएको छ । शनिबार जिल्ला स्तरिय विपद् व्यावस्थापन समितिले तीन वटै सरकार र निजी क्षेत्रहरुको सहयोग र समन्वयमा प्रयोगशाला र आइसोलेसन संचालन गर्ने निर्णय गरेको हो । ल्याब तथा आइसोलेसन संचालनको लागि एक हप्ता अगाडी गणेश श्रीपालीको संयोजकत्वमा अध्ययन कार्यदल गठन गरिएको थियो । कार्यदलले जेठ २९ गते प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्मालाई प्रतिवेदन बुझाएको थियो ।

कार्यदलको प्रस्ताव अनुसारनै महिला विकास कार्यालयमा ल्याब संचालन गर्ने र त्यसको सम्पूर्ण संचालन र व्यावस्थापन गुल्मी अस्पताल मार्फतले गर्ने निर्णय भएको श्रीपालीले जानकारी दिए । ल्याब संचालनको लागि पिसिआर मेसिनसहित आवश्यक उपकरण खरिद गर्न तत्काल कार्यविधी निर्माण गर्ने र सवैसंग सहयोगको लागि अनुरोध गर्ने निर्णय समितिको बैठकले गरेको छ । श्रीपालीका अनुसार कार्ययोजना अनुसार खरिद प्रक्रियामा कुनै समस्या नभएर समयमै पिसिआर मेसिन आए असार तेस्रो हप्ताबाट ल्याब संचालन गरिने छ । ‘अहिले देश कोरोनाको युद्धसंग लडिरहेको छ,’उनले भने,‘पछिको अवस्थाभन्दा तत्कालको परिस्थती आंशलन गरेर ल्याब र आइसोलेसनको कुरा अगाडी बढाएका हौ ।’ उनले मेसिनको पछिको उपयोगीता सम्झेर लगानी र योजनाबाट डराए ठुलो भुल हुन सक्ने बताए ।

त्यस्तै तीनवटै सरकार र निजी क्षेत्रसंगको सहयोगमा रेसुङा नगरपालिकाले व्यावस्थापन गर्ने गरेर आइसोलेसन हाउस बनाउने निर्णय गरिएको धुर्कोट गाउँपालिका प्रमुख तथा समिति सदस्य भुपाल पोख्रेलले बताए । त्यसको लागि महेन्द्र मावि, रेसुङा बहुमुखी क्याम्पस र शिक्षा कार्यालयको नाम प्रस्ताव गरिएको छ । त्यस्तै दुई निर्वाचन क्षेत्रमा दुई वटा शव बहान खरिद गर्ने निर्णय भएको छ । भने शब व्यावस्थापन स्थल सम्बन्धित स्थानीय तहले चाहेको स्थानमा बनाउने निर्णय भएको पोख्रेलले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले कोरोना संक्रमणको नियन्त्रण र रोकथामसंगै बर्खा सुरु भएकाले मनसुन प्रतिकार योजना निर्माण र तयारी तत्काल गर्न स्थानीय तहलाई अनुरोध गरे । उनले पहिलो प्राथमिकतामा सडक अवरुद्ध हुन नदिन स्थानीय तहहरुले डोजरहरु पहिलेनै तयारी अवस्थामा राख्नुपर्नेमा जोड दिए ।

जिल्ला समन्वय प्रमुख लक्ष्मण पराजुलीले ल्याव खरिद र आइसोलेसन संचालन अहिलेको अपरिहार्यता भएकाले सवैलाई सहयोग गर्न आग्रह गरे । रेसुङा नगरपालिकामा मेयर डिल्लीराज भुसालले रेसुङा नगरपालिकालाई सवै परिस्थतीको व्यावस्थापन मात्रै नभएर आर्थिक रुपमा सहयोग भए कुनै कुरामा पछि नहट्ने बताए । गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले ल्याव संचालन र आइसोलेसनको बिषय निकै चुनौतिपूर्ण भएपनि जनप्रतिनिधी र दलहरुको सक्रियता संचालन प्रक्रिया तथा व्यावस्थापनसम्म अटुट रुपमा रहनुपर्नेमा जोड दिए । उनले आफुहरुले अझै संक्रमण र संक्रमित बढ्ने स्थितीलाई मुल्यांकलन गरेर दुवै योजना अगाडी ल्याएकाले सवैको सहयोग र समन्वय आवश्यक रहेको औल्याए ।

भैरहवाबाट परिक्षण रिर्पोट आउन करिव दुई हप्ता लाग्ने र चौतर्फी पिसिआर परिक्षणको आवाज आउन थालेपछि स्थानीयतहहरुले ल्याव संचालनमा जोड दिएको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले बताए । नेकपा र नेपाली कांग्रेसका पार्टी सचिवद्धय विर बहादुर कार्की र खिलध्वज पन्थीले दुवै कामको स्वागत गरे । उनीहरुले जिल्लाको हितको निम्ती थालिएको यो काममा आफुहरुको पूर्ण सहयोग र समन्वय रहने बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D