gulminews logo
बिहीबार, २०८० चैत्र १५

गुल्मीमा पहिलो पटक महिला सिडिओद्वारा पदभार

अनिल खत्री
१० पुस, गुल्मी । गुल्मीमा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी (सिडिओे) रुपमा आएकी छन् । जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा महिला सिडिओे) रुद्रादेबी शर्मा रामेछाप जिल्ला प्रशासन कार्यालयबाट सरुवा भइ आएकी हुन् ।

११ महिनासम्म रामेछाप जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्मा ३९ औं प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भई गुल्मीमा बिहिवार आएकी हुन् । यस अघिका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको गृहमन्त्रालयमा सरुवा भएपछि जिल्लाको हकमा पहिलो पटक महिला (सिडिओे) आएकी हुन् ।

जिल्लामा प्रमुख जिल्ला अधिकारी रहेको ५० वर्षे ईतिहासमा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी (सिडिओे) पाएको हो । २०२७ सालदेखि प्रमुख जिल्ला अधिकारी (सिडिओे) रहेको इतिहासमै महिला भने आएका थिएनन् ।

जिल्लाको लामो इतिहासमै ३९ औं प्रमुख जिल्ला अधिकारी (सिडिओे) रुपमा महिला आएकी हुन् । जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमाा कार्यभार सम्हालेकी प्रमुख जिल्ला अधिकारी शर्माले जिल्ला स्थित बिभिन्न क्रियाशिल राजनैतिक दल, पत्रकार, संघसंस्थाहरुका प्रमुखहरुसँग परिचयात्मक कार्यक्रम र जिल्लाको वस्तुस्थितिको बारेमा समेत जानकारी लिएकी छन् ।

पत्रकारहरुसँगको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शर्माले आफनो मुख्य भूमिका जिल्ला वासीको लागि शान्ति सुरक्षा दिनु र अपराध नियन्त्रण गर्नु रहेको बताइन् । जिल्लामा शान्ति सुरक्षा र अपराध नियनत्रण भइसकेपछि जनताले न्यायको अनुभुति हुने काम हुने भएकाले त्यसतर्फ ध्यान केन्दित हुने शर्माले बताइन् ।

सरकारी कार्यालयहरुले दिने सेवा प्रवाहलाई सरल, सहज, प्रभावकारी र पारदर्शी बनाउनको लागि सबै कार्यालयहरुसँग समन्वय गरेर अगाडी बढने बताइन् । जिल्लाबाट हुने सेवा प्रवाहलाई नागरिकमैत्री, सेवाग्रही मैत्री तरिकाले प्रदान गर्ने प्रमुख जिल्ला अधिकारी शर्माले बताइन् ।

सबैसँग मिलेर कानुनको शासनमा बिबेकशिलता र सम्बेदनशिलतामा रहेर सेवा प्रवाह प्रदान गर्ने शर्माको भनाई छ । जनमुखि प्रशासन, पारदर्शीता र सुशासनको सिद्धान्तबाट अगाडी बढने लक्ष्य रहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताइन् ।

२०६६ सालबाट सरकारी सेवामा प्रबेश

२०६६ सालमा अधिकृतको रुपमा सरकारी सेवामा प्रबेश गरेकी प्रमुख जिल्ला अधिकारी शर्मा झण्डै १२ वर्षको अन्तरालमा नेपाल सरकारको सह–सचिव जस्तो गरिमाय पदमा पुगेकी छन् । सरकारी सेवामा प्रबेश पछि उनि ६ वर्ष राष्ट्रिय योजना आयोगमा काम गरेको अनुभव रहेको छ ।

त्यस लगत्तै नेपाल सरकारको उपसचिव भएपश्चात सञ्चार मन्त्रालयमा काम गरेको बताइन् । २०७६ सालमा नेपाल सरकारको सह–सचिवमा नाम निकालेपछि बाग्मति प्रदेशमा मुख्यमन्त्रीको कार्यालयमा सचिवको रुपमा काम गरेको बताइन् ।

त्यस लगत्तै १३ महिना महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा काम गरेको बताइन् । केहि समय श्रम मन्त्रालय हुँदै १० महिनासम्म रामेछाप जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा रहेर सरकारी सेवाको अनुभव रहेको छ ।

उनको गुल्मी जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा दोस्रो कार्यालकाल हो । प्रमुख जिल्ला अधिकारी शर्माको पुख्र्यौली घर बाग्लुङ जिल्लामा पर्दछ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D