gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मीमा पहिरोले ट्रक बगायो

अनिल खत्री
३० साउन, गुल्मी । गुल्मीमा पहिरो सहितको बाढिले मालवाहक ट्रक बगाइदिएको छ । बुटवल देखि बाग्लुङको हटिया तर्फ जाँदै गरेको लु १ ख ७४०६ नम्बरको ट्रक जिल्लाको सत्यवती गाउँपालिका वडा नम्ब– ६ को डहरे ठाडो खोलामा पहिरो सहितको बाढिले करिब २० मिटर तल बगाएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए ।

रोकी राखेको ट्रक बगाएको र क्षतीको बिबरण संकलन कार्य जारी रहेको प्रहरीले जनाएको छ । ट्रकलाई बाटोमा ल्याउने कार्यका लागि प्रहरी र स्थानीयहरु परिचालन भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । यता गुल्मीमा अपरिचित ब्यात्तिले मोटरसाइकल जलाइदिएका छन् ।

जिल्लाको रेसुङगा नगरपालिका वडा नम्बर–४ अर्खलेमा तरकारी संकलनका लागि बनाएको भबनमा ताल्चा फोडी रोकी राखेको लु ३९ प ५२४३ नम्बरको पल्सर मोटरसाइकल बाहिर निकाली आगोलगाई दिएको प्रहरीले जनाएको छ । मोटरसाइकल पुर्ण रुपमा क्षती भएको र आगोलगाई दिने ब्याक्तिको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सन्तोष हमालको १५० सिसिको पल्सर मोटरसाइकल तीन दिन अगाडी देखि लक गरी उक्त भवनमा राखिएको थियो ।

त्यस्तै गुल्मीमा घरबाट चिनि लिन भनी हिँडेका ब्याक्ति मृत फेला परेका छन् । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर– ५ छापहिलेका ६० बर्षिय कमान सिंह भण्डारी घरबाट करिब सात सय मिटर पर गोरेटो बाटोमा मृत फेला परेका जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D