gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीमा पहिरोले झण्डै ३ सय घर बिस्थापित

अनिल खत्री
२९ असार, गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा पहिरोबाट झण्डै ३ सय घर परिवार बिस्थापित भएका छन् । असार १८ गते जिल्लाका बिभिन्न स्थानमा गएको पहिरोमा २ सय ४८ घर बिस्थापित भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए ।

अबिरल वर्षासँगै गएको पहिरोले इस्मा गाउँपालिकामा ठूलो जन धनको क्षती पुराएको छ । पहिरोबाट २ जनाको मृत्यु भएको थियो भने ५ जना घाइते भएका थिए । पहिरोले गाउँपालिकाको वडा नम्बर–१ मा १ सप ३६ घर, वडा नम्बर–४ मा ५० घर र वडा नम्बर ६ मा ८ घर बिस्थापित भएको पन्थीले जानकारी दिए ।

पहिरोबाट मुसिकोट नगरपालिकामा ५४ घर बिस्थापित भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । वाढि पहिरोबाट हुनसक्ने क्षतीलाई मध्य नजर राखेर प्रत्येक स्थानीय तहले आफ्नो विपद् व्यवस्थापन कोषमा थप बजेट छुट्याउने भएका छन् ।

जिल्लाभित्र जुनसुकै पालिकामा हुने हरेक विपद्को सामना गर्न प्रभावित पालिकालाई सबै पालिकाले आर्थिक भौतिक, तथा मानवीय सहयोग गर्ने निर्ण भएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । प्रभावित क्षेत्रमा राहत वितरणको लागी सरोकारवाला सबै संघ संस्था कार्यालयहरुले पालिकासँग समन्वय गरी एकद्वार प्रणालीबाट मात्र सहयोग गरिने भएको छ ।

मनसुनको समयमा नदिजन्य पदार्थ उत्खनन् हुन नदिने, उत्खनन् गरेको पाइएमा तत्कालै डोजर लगायत ढुवानीका साधनहरुलाई जिल्ला प्रहरी कार्यालय, गुल्मीले नियन्त्रणमा लिई कार्वाहीको लागी सम्बन्धीत पालिकामा पठाउने निर्ण गरिएको प्रशासकीय अधिकृत पन्थीले जानकारी दिए ।
अबरुद्ध संरचना निर्माण गरिने

पहिरोबाट इस्मा गाउँपालिका र मुसिकोट नगरपालिकामा गएको पहिरोले मुल सडक नै अवरुद्ध हुँदा खोज तथा उद्धार कार्यमा प्रत्यक्ष असर परेको छ । विस्थापित घरपरिवारहरुलाई खानेपानी, विद्युत् आपुर्ती, सिचाई, टेलीफोन तथा राहत वितरण लगायत अन्य व्यवस्थापन कार्यमा समस्या परेको छ ।

जिल्ला विपद व्यवस्थापनि समितिले जिल्लाका अन्य इलाकाहरुमा पनि पहिरोबाट सडक अवरुद्ध भएकोले पूर्वाधार विकास कार्यालय, मदन भण्डारी राजमार्ग आयोजना कार्यालय, कालीगण्डकी कोरीडोर सडक निर्माण कार्यालय हर्मिचौर, सडक डिभिजन कार्यालय पाल्पा, शहरी विकास तथा भवन कार्यालय पाल्पा, सडक डिभिजन कार्यालय शिवपुर, संघीय आयोजना कार्यान्वयन इकाइ, रुपन्देहीले आफ्नो क्षेत्राधिकार भित्रका सडकहरु तत्काल सुचारु गर्ने गराउने निर्णय गरेको छ ।

क्षतिग्रस्त भएका सडक पूर्वाधार, गोठ, विद्यालय, उद्योग व्यवसाय, सिचाइ कुलो नहर, खानेपानीका संरचना, कृषि सम्बन्धी खेतवारी, बाली, पशु चौपायाहरुको नोक्सानीको पूर्ण विवरण सम्बन्धीत कार्यालयहरुले संकलन गरी यशासक्य चाँडो जिल्ला विपद् व्यवस्थापन समितिलाई पेश गर्ने निर्णय भएको छ । प्रकोपबाट नोक्सान भएको धनजन, सडक पूर्वाधार, खानेपानी, विद्यालय, वनजंगल, सिंचाइ, कृषि, पशु चौपायाको राहत तथा पूननिर्माणको लागी तालुक निकायमा अनुरोध गरी पठाउने निर्णय जिल्ला विपद व्यवस्थापन समितिले गरेको छ ।

इस्मा गाउँपालिका वडा नम्बर–१ र मुसिकोट नगरपालिका वडा नम्बर–२ मा तपशिलका कार्य तत्काल सम्बन्धित पालिकाको समन्वयमा सम्बन्धीत कार्यालयले गर्ने निर्णय भएको छ । पहिरोले पानीका मुहानहरु पुरिएको र खानेपानीका पाइपहरु बगाएका कारण खानेपानीको समस्या देखिएकोले तत्कालको लागी खानेपानी आपुर्ती गर्न आवश्यक पाइप उपलब्ध गराई स्थानीय तहसँग समन्वय गरी खानेपानीको व्यवस्था मिलाउने कार्य खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गुल्मीले गर्ने भएको छ ।

त्यस्तै पहिरोले पुरिएका विद्युतका पोल हटाउने, तत्काल आवश्यक पर्ने पोलहररुको जडान कार्य र ट्रान्सफर्मरको व्यवस्था गरी विद्युत आपुर्ती नियमित बनाउने कार्य नेपाल विद्युत प्राधिकरण गुल्मी विक्री केन्द्रले गर्ने निर्णय भएको प्रशासकीय अधिकृत पन्थीले बताए । पहिरोबाट प्रभावित क्षेत्रहरुमा मृत पशु चौपायाको यथासक्य व्यवस्थापन स्थानीयको समन्वयमा सुरक्षा निकायले सहजीकरण गर्ने भएको छ ।

पहिरोबाट प्रभावित क्षेत्रहरुमा मृत्यु भएका पशु चौपायाको व्यवस्थापन नहुँदासम्म यसबाट सिर्जीत हुनुसक्ने प्रदुषण, दुषित खानेपानीको सेवनबाट हुनसक्ने सरुवा रोग झाडा(पखाला, हैजा जस्ता अन्य संक्रमण रोगहरु फैलन नदिन पूर्व सतर्कता अपनाउन गर्नुपर्ने सम्पूर्ण कार्य स्वास्थ्य कार्यालय, गुल्मीले गर्ने भएको छ । भत्केका सिचाइ नहर तथा कुलोहरुको पुननिर्माण जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय र कृषि ज्ञान केन्द्रले गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

खेतवारी र वालीनालीको क्षति सम्बन्धमा कृषि ज्ञान केन्द्र, गुल्मी तथा प्रधानमन्त्री कृषि आयोजना परियोजना कार्यान्वयन इकाई गुल्मीले आवश्यक कार्य गर्ने भएको छ । अवरूद्ध टेलिफोन सञ्चालन गर्ने कार्य नेपाल टेलीकम गुल्मी शाखाले गर्ने भएको छ ।

घाइते पशु चौपायाहरुको खोप लगाउने कार्य भेटेनरी अ. तथा पशु सेवा विज्ञ केन्द्र पाल्पा, सम्पर्क केन्द्र गुल्मीले गर्ने निर्णय भएको छ । खानेपानी मुहान संरक्षण गर्ने कार्य खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गुल्मी र भु तथा जलाधार संरक्षण कार्यालय पाल्पाले गर्ने भएको छ ।

भत्किएका विद्यालयका संरचनाहरुको पुननिर्माणको कार्य शिक्षा विकास तथा समन्वय इकाई गुल्मीले गर्ने निर्णय भएको छ । करिव २ सय ५० जोखिमपूर्ण घरहरुको संरक्षणको लागी आवश्यक पर्ने ५ हजार थान तारजाली लगाउने कार्य जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय गुल्मी र भु तथा जलाधार संरक्षण कार्यालय पाल्पाले गर्ने निर्णय गरिएको प्रशासकीय अधिकृत पन्थीले बताए ।

पालिका तथा सम्बन्धित वडा कार्यालयहरुबाट जिल्ला विपद् व्यवस्थापन समितिमा सिफारिस भईआएका तपशिलका प्रभावित व्यक्तिहरुलाई राहत स्वरुप आर्थिक सहयोग उपलब्ध गराउनको लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं ५ मा सिफारीस गरी पठाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D