गुल्मीमा पहिरोले घरगोठ बगायो

हुमाकान्त पोखरेल
गुल्मी, १४ असार । गुल्मीमा पहिरोले घर–गोठ बगाएको छ । गएराति करिब १ बजेको समयमा गुल्मीदरबार गाउँपालिका १ बलिथुम पिपलपोखरास्थित ६५ बर्षिया लोक बहादुर सोनारीको घरगोठ बगाउदा उक्त क्षति भएको हो ।

गएराती परेको अविरल बर्षाले सोनारीको घरभन्दा करिब २० मिटर माथिबाट गएको पहिरोले उनको घरगोठसहित खेती गर्दै आएको जग्गा समेत बगाएको छ । रातिको समयमा सोनारीका छोरा बाहिर निस्केको बेला ढुङ्गा खसेको देखेपछि परिवारका सबै सदस्यहरुलाई उठाएर भाग्न सफल भएका थिए । जसले गर्दा कुनै मानविय क्षती नभएपनि घर, गोठ र खेती गर्दै आएको बारि पूर्णरुपमा पहिरोले बगाएर नष्ट गरेको स्थानीय मनिराम अर्यालले जानकारी दिए ।

गोठमा रहेका एउटा व्याउने भैँसी, एउटा दुहुनो गाई, चारवटा व्यउने बाख्रा, दुईवटा व्याउने सुगुर, एउटा बोका लगायत सबै गाईवस्तु मरेका छन् । भने घरमा रहेको केहि नगदसहित अन्न, खाद्यान्न, एकतोला सुन, नगद सबै नष्ट भएको छ । विस्थापित सोनारीको पाचँ जनाको परिवारलाई अहिले जनज्योती प्राथमिक विद्यालयमा व्यवस्थापन गरिएको छ । पहिरो प्रभावित परिवारलाई बलिथुम युवा क्वलले एक सेट पकाउने भाडाँ दिएको छ । भने रेडक्रस र गाउँपालिकाबाट पनि सहयोग जुटाउने प्रयास भइरहेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ