अनिल खत्री
६ असोज, गुल्मी । गुल्मीमा गएराती अबिरल वर्षासँगै गएको पहिरोमा पुरिएर एकै घरका ३ जनाको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–८ खानिगाउँ थुम्का लाइन बस्ने २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार, १४ वर्षकी जमुना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।

एक तले पक्की घर माथीबाट ढुंगामाटो सहितको पहिरो बिचको कोठामा पसी एकै ठाउँमा सुतीरहेका ३ जना पुरिएको पाण्डेले बताए । तिलक परियारको घरमा ६ जनाको परिवार रहेको थियो ।

परिवारका ३ जना छोरीको मृत्यु भएको र उनकी श्रीमती र एक छोरी भने सकुशल रहेको प्रहरीले जनाएको छ । स्थानिय, नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा ३ जनाकै शब बिहान साढे ४ बजे मृत अवस्थामा निकाली गुल्मी अस्पताल तम्घास पठाईएको प्रहरीले जनाएको छ ।
राती करिब २ बजे पहिरोले ३ जना पुरेको थाहा पाउन साथ जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) गोपालचन्द्र भट्टराईको कमाण्डमा २५ जनाको टोलि खटीएको थियो ।