गुल्मीमा पहिरोमा पुरिएर २ जनाको मृत्यु १ घाइते

अनिल खत्री
६ असोज, गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर २ जना पैदल यात्रीको मृत्यु भएको छ । पहिरोमा परेर १ जना घाइते भएका छन् ।

जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–२ रातचौरमा बाटो माथीबाट खसेको पहिरोमा परेर ३९ वर्षका प्रेमबहादुर कुमाल, ५ वर्षका सफल कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक केदारराज पन्तले जानकारी दिए ।

पहिरोमा ६० वर्षका तिलक कुमाल घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी जनाएको छ ।

उनको अबस्था समान्य रहेको छ । सोमबार साँझ पुजा गएर फर्किने क्रममा बाटो माथीबाट खसेको पहिरोमा परेर २ जा बेपत्ता भएका थिए ।

रातको समयभएपछि मंगलवार बिहान नेपाली सेना, शसस्त्र प्रहरी, प्रहरी मिलेर शव फेला पारेको शसस्त्र प्रहरी वल गुल्म गुल्मीका प्रहरी नायव उपरिक्षक अशोक कुमार लम्सालले जानकारी दिए । पहिरोबाट निकालिएका शवलाई पोष्ट मार्टमको लागि गुल्मी अस्पताल लगिएको उद्धारमा खटिएका शसस्त्र प्रहरी वल गुल्म गुल्मीका प्रहरी निरिक्षक कम्लेसकुमार यादवले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D