गुल्मी । गुल्मीमा पहाडको ढिस्को सडकमा खस्दा रिडी-तम्घास सडक खण्ड अबरुद्द भएको छ । सोमबार बिहान देखी रेसुङ्गा नगरपालिका १३ भँगारीमा माथिबाट धुले पहिरो सहित पहाडको ढिस्को खसेर सडक अबरुद्द भएको हो ।
निरन्तर झरिरहेको पहिरो नरोकिएपछि सडक खुलाउन समस्या भएको पत्रकार घनश्याम गौतमले आफ्नो फेसबुक स्टाटसमा राखेका छन् । सडक खुलाउन दिनभर लाग्ने समेत पत्रकार गौतमले बताएका छन् । सडक अबरुद्द हुँदा दशैंका लागि घर हिंडेका सयौ यात्रु र सवारी अलपत्र परेका छन् ।