gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मीमा पर्वहरु घरभित्र पारिवारिक रुपमा मनाउन आग्रह

अनिल खत्री
२२ साउन, गुल्मी । कोरोना भाइरसको संक्रमणको जोमिख कायमै रहेकाले जिल्ला प्रशासन कार्यालय गुल्मीले नजिकिए पर्वहरु पारिवारिक रुपमा मात्रै मनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको अध्यक्षतामा बसेको बिपद व्यवस्थापन समितिले नजिकिएका पर्वहरु कृष्ण जन्माअष्टमी, हरितालिका तीज, ऋषिपञ्चमी लगायतका पर्वहरु धेरै जना भेला नभई पारिवारिक रुपमा घरभित्र मनाउन आग्रह गरेको हो ।

धेरै जना भेला हुँदा संक्रमणको जोखिम बढ्ने भएकाले पर्वहरु धेरै जना भेला नभई पारिवारिक रुपमा घरभित्र मनाउन भनिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए । प्रशासनले कोरोना भाइरसको संक्रमणको जोमिख कायमै रहेकाले घरबाहिर निस्किदा अनिवार्य माक्स लगाउनु भन्दै कढाइ गरेको छ ।

जिल्लामा कसैले माक्स नलगाई हिडेको फेला परे रु १ सय जरिमाना गर्ने समेत गरिदै आएको छ । जिल्लामा कुल कोरोना संक्रमित ३ सय ६७ मध्ये ३ सय ५९ जना कोरोना मुक्त भएर घर फर्केको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।

जिल्लामा ५ जना मात्रै उपचारमा रहेका छन् । कोरोना मुक्त भएर घर फर्किनेहरुमा ३ सय जना पुरुष र ५९ जना महिला रहेका छन् । कोरोना संक्रमितमध्ये आइशुलेसनमा रहेकाहरुमा गुल्मीदरवार गाउँपालिकामा ४ जना र रेसुङ्गा नगरपालिकामा १ जना गरि ५ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

जिल्लामा लक्षण नदेखिएका कोरोना संक्रमितको पुनः परीक्षण नगरी १४ दिन आशुलेशनमा राखेर घर पठाउन पठाउने गरिएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्देशनअनुसार आइशुलेसनमा बसेको १४ दिनसम्म कुनै लक्षण नदेखिएपछि घर पठाउन सकिने प्रावधान बनाइएको छ । संक्रमितहरु भारतबाट आएर क्वारेन्टीनमा बसेको बेला कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्लामा कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ । जिल्लाबाट २ हजार ४ सय १६ जनाको स्वाब संकलन गरेर पठाइएकोमा २० जनाको रिर्पोट आउन बाँकी रहेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D