gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीमा पनि मनाइयो विश्व क्षयरोग दिवस

अजय खड्का
चैत ११, गुल्मी । “संकेत समयको, क्षयरोग अन्त्यको” भन्ने मुल नाराका साथ गुल्मीमा पनि विश्व क्षयरोग दिवस मनाईएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा क्षयरोगका नयाँ बिरामी हुने दर १ दशमलब ६ प्रतिशले बढिरहेको छ । यसले क्षयरोग नियन्त्रणमा थप चुनौती देखिएको छ । सरकारले आउँदो आर्थिक वर्षदेखि क्षयरोगमुक्त पालिका घोषणा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले क्षयरोगका कार्यक्रमको सूक्ष्म योजना तर्जुमा गरी क्षयरोगमुक्त पालिका घोषणा कार्यक्रम सञ्चालन गर्न लागेको हो । हरेक वर्ष नेपालमा ६९ हजार नयाँ क्षयरोगका बिरामी थपिने गरेका छन् । गुल्मीमा पनि बुधबार बिहान जिल्ला अस्पतालका बिरामीहरुलाई फलफुल बितरण गरि विश्व क्षयरोग दिवस मनाइएको छ । नेपाल क्षयरोग निवारण गुल्मीकी उपसभमपति धना भण्डारीको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेबि शर्माको प्रमुख आथित्यता रहेको थियो ।

जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले कार्यक्रमा स्वागत मन्तब्य राख्दै गुल्मी जिल्लामा क्षयरोगको अवस्थाको बारमो बिषयगत बिश्लेष्ण गर्नुभएको थियो ।

अहिले पछिल्लो समयमा आएका महामारी रोक थामको लागि जस्तै क्षयरोग पनि रोग सरुवा रोग भएकाले यसको पनि जनचेतान फैलाउनु पर्नेमा गुल्मीकी प्रमुख जिल्ला अधिकारी रुद्रदेबि शर्माले जोड दिनुभयो । उहाले यस सम्बन्धी सुचना संदेशहरु रेडियो टेलिभिजनमार्फत प्रशारण गर्न आग्रह गर्नुभयो ।

यस्तै नेपाल क्षेयरोग निवराण गुल्मीका सचिव गुणनिधि शर्माले विश्वको सबैभन्दा बढि क्षयरोग हुने देश भारत भएको र यसको असर नेपालमा सजिलै पर्ने हुँदा यस रोगको रोकथाममा लाग्नुपर्ने बताउनुभयो ।

नेपाल क्षेयरोग निवराण गुल्मीले क्षयरोग नियत्रण गर्नका लागि विभिन्न जनचेतनामुलक कार्यक्रमहरु,सडक नाटक, रेडियोमा प्रचार प्रसार गरी विद्यार्थीहरु शिक्षकलाई विद्यालयमा गइ प्रशिक्षण दिने लगाएतका कार्यक्रम गर्दै आएको उपसभमपति धना भण्डारी बताउनुभयो ।

सिद्धबाबा र महेन्द्र नमुना माबिका नेपाल क्षेयरोग निवारणका सम्बन्धित बिद्यार्थी, नेत्रज्योती संघका सभापति शेरबहादुर थापा, हर्ट फाउण्डेसनका सभापति अखिलेश्वर पाण्डे, जिल्ला अस्पतालका डाक्टर सुरज पोखरेल लगायत जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रको संचालन नेपाल क्षेयरोग निवराण गुल्मीका सचिव गुणनिधि शर्माले गर्नुभएको थियो । कार्यक्रममा जिल्ला अस्तपाल गुल्मीका उपचारत बिरामीलाई फलफुल बितरण गरिएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D