gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मीमा पत्रकार महासंघको अक्सिजन प्लान्ट अभियानमा एक करोड भन्दा बढी संकलन

हुमाकान्त पोखरेल
गुल्मी, ०५ असौज । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा गुल्मीले संचालन गरेको अक्सिजन अभियानमा एक करोड रकम संकलन भएको छ । महासंघले सोमबार पत्रकार सम्मेलन गर्दै अक्सिजन अभियानभर कुल एक करोड चार लाख १९ हजार ९८५ रकम संकलन भएको जानकारी दिएको हो । जसमध्ये ८८ लाख ९९ हजार १५० खर्च भएको र १५ लाख १९ हजार ९३५ बचत भएको अभियानका लेखा संयोजक रेशम कुँवरले जानकारी दिए ।

खर्च भएको रकममध्ये ६० लाख जिल्ला अस्पताललाई नगद प्रदान गरिएको र बाँकी २८ लाखका अक्सिजन खरिद गरी जिल्ला अस्पताललाई प्रदान गरिएको कुँवरले जानकारी दिए । जिल्लामा अझै पनि कोभिड –१९ को संक्रमण कायमै रहेकोले तथा भविष्यमा पनि संक्रमण थपिन सक्ने भएकोले जिल्लाका नागरिकहरुकै उपचारका लागि उक्त रकम पत्रकार महासंघकै खातामा राख्ने निर्णय गरिएको कुँवरले जानकारी दिए ।

अक्सिजन अभियान वैशाख ६ गतेदेखि जेठ १० गतेसम्म संचालन गरिएको थियो । जसमा मुख्य २४ जना अभियान्ता सक्रिय रहेका थिए भने ७०२ जनाले सहयोग गरेको अक्सिजन अभियानका संयोजक जनार्दन घिमिरेले जानकारी दिए । अक्सिजन अभियानबाट सुरु भएको अभियान पछि ‘अक्सिजन प्लान्ट अभियान’ मा रुपान्तरण गरिएको थियो । जसमा देश तथा विदेशबाट सहयोग रकम संकलन गरिएको संयोजक घिमिरेले जानकारी दिए ।

अभियानको आय–व्यय पहिले नै सार्वजनि गर्न प्रयास गरेपनि विभिन्न माध्यमबाट प्राप्त रकम महासंघको खातामा आए-नआएको प्रमाणीकरण गर्न समय लागेकोले ढिलाई भएको महासंघले जनाएको छ । त्यसका साथै अक्सिजन प्लान्ट अभियानमा सहयोग गर्ने सबै सहयोगदाताको नामावलीसहितको विवरण कार्यालयमा सबैले देखिने गरी टाँस गर्ने पनि निर्णय गरिएको अध्यक्ष टोपलाल अर्यालले जानकारी दिए । अभियान सुरु भएदेखि कहिल्लै पनि गुल्मी अस्पतालमा अक्सिजनको अभाव हुन नदिएको र महासंघको कार्यालयमा पनि हाल केही भरेका सिलिण्डरहरु स्टक राखिएको पत्रकार महासंघ गुल्मीका अध्यक्ष अर्यालले जानकारी दिए ।

गुल्मी अस्पतालमा अक्सिजन प्लान्ट निर्माण अन्तिम चरणमा

पत्रकार महासंघ गुल्मीले ‘अक्सिजन प्लान्ट अभियान’ सुरु गरेपछि संघीय सरकारले पनि एक करोड बिनियोजन ग¥यो । त्यसपछि महासंघबाट संकलितमध्ये ६० लाख र संघीय सरकारको एक करोडबाट अहिले गुल्मी अस्पतालमा अक्सिजन प्लान्ट निर्माण कार्य भइरहेको छ । अहिले अक्सिजन प्लान्ट खरिद भइसकेको छ भने त्यसको लागि आवश्यक भौतिक संरचना गुल्मी उद्योग बाणिज्य संघले बनाउँदैछ । जसले गर्दा दसैँ अगाडी नै प्लान्ट संचालन गर्नेगरी तयारी भइरहेको पत्रकार महासंघका सचिव प्रेम सुनारले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D