गुल्मीमा पछिल्लो समय स्वाब संकलन गरि पठाईएका ६९ जनाको रिपोर्ट नेगटिभ

मनु सुनार
गुल्मी, बैशाख २५ । गुल्मीमा पछिल्लो समय स्वाब संकलन गरि पठाईएका ६९ जनाको रिपोर्ट नेगटिभ आएको छ । स्वास्थ्य कार्यालय गुल्मीले यहि बैशाख २३ गते जिल्लाको रेसुङ्गा जिल्लाका रेसुङ्गा नगरपालिका र धुर्कोट गाउँपालिका गरी ६९ जनाको स्वाब संकलन गरि परिक्षणका लागि गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान् पोखरा पठाईएको थियो ।

जसमा रेसुङ्गा नगरपालिकामा स्थित रहेको महेन्द्र नमुना माध्यमिक बिद्यालयमा बनाईएको क्वारेन्टाइनमा रहेका १५ जना तथा धुर्कोट गाउँपालिकामा रहेका ५४ जनाको स्वाब परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको स्वाथ्य कार्यालय गुल्मीका कार्यालय प्रमुख डा.भवानी प्रसाद शर्माले जानकारी दिए ।

जिल्लामा अहिलेसम्म १ सय ४० जनाको ¥यापिड डायग्नोस्टिक टेष्ट (आर.डि.टि) परिक्षण गरिएको डा.शर्माले जानकारी दिए । जिल्लाको महेन्द्र माध्यमिक बिद्यालयमा रहेको आइसुलेशनमा १ जना रहेका छन् ।
विश्वव्यापी प्रकोपको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै गुल्मीमा १ हजार ७७ क्षमताको क्वारेन्टाइन रहेको छ ।

विश्वव्यापी महामारिको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको रोकथाम, उपचार तथा जोखीमलाई मध्यनजर गर्दै जिल्लाका विभिन्न स्थानीयतहमा उक्त क्षमताको क्वारेन्टाइन निर्माण गरिएको स्वास्थ्य कार्यालय गुल्मीका कार्यालय प्रमुख डा.शर्माले दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D