हुमाकान्त पाेखरेल
गुल्मी, ०१ पाैष । नेपाल मानव अधिकार वर्षपुस्तक २०२२ का लागि सङ्कलन गरिएका घटनाहरुको अर्धवार्षिक पूर्व समिक्षा कार्यक्रम ०७८ पुस १ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालले मानवअधिकार वर्षपुस्तक सन २०२२ का लागि गुल्मीमा संकलन गरिएका घटनाहरुको विवरण प्रस्तुत गर्नुभएको थियो ।
इन्सेक गुल्मीले अभिलेख गरेका नागरिकको बाच्न पाउने अधिकार अन्र्तगत १ महिलाको हत्या, महिला तथा बाल अधिकार अन्तरगत ११ बालिका माथि बलात्कार तथा ५ महिला माथी बलात्कार प्रयास र ४२ घरेलु हिंसाका ठाडो उजुरीका घटना प्रस्तुत गरिएको थियो । त्यस्तै अर्यालले सम्पति क्षतिका ३ र सामाजिक अन्धविश्वासका कारण डामेर हत्या गरिएको एउटा घटना सार्वजनिक गर्नुभएको थियो ।
समिक्षामा जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रजिअ हरि गैरेले मानव अधिकार बर्षपुस्तकमा राखिएका बिषयवस्तुहरु समय सन्दर्भ अनुसार परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी गोपालचन्द्र भटराईले आफुहरुको सेवा प्रबाह मानव अधिकारमैत्री पनि बन्दै गएको महसुस इन्सेक प्रतिवेदनबाट पुष्टि भएको प्रतिक्रिया दिनुभयो ।
‘केहि समय पहिलेसम्म मानवअधिकार क्षेत्रमा काम गर्ने संस्थाहरुका प्रतिवेदन प्रहरी प्रशासनलाई मात्रै आलोचना गरेर बनाइन्थ्यो,’उहाँले भन्नुभयो,‘समय र परिस्थीति अनुसार प्रहरी प्रशासन र मानव अधिकारका बिषयवस्तु परिवर्तन हुँदै गएका छन् ।’ अधिकारकर्मी हिरा कुवंरले मानव अधिकारकर्मीहरु सधै नकरात्मक बिषयको पैरबी गर्छन भन्ने मानसिकताको अन्त्य गर्न आर्थिक तथा सामाजिक अधिकारका बिषयमा सवैको बधिकारकर्मीहरुबिच समन्वय र पैरवी आवश्यक रहेको बताउनुभयो ।
जिल्ला कारागार गुल्मीका निमित्त प्रमुख रेश्मीराज पन्थीले कारागारका समस्याका बारेमा जानकारी गराउनु भएको थियो । उहाँले इन्सेकले बर्षौसम्म् कारागारका समस्या उठाउँदै आएपनि सम्बन्धित निकायबाट कुनै पहल नभएकोप्रति दुख व्यक्त गर्नुभयो । नेपाल बार एशोसियसन गुल्मीका अध्यक्ष गोपाल खनालले कानुनका झंजटिला प्रक्रिया र बिधि बिज्ञान प्रयोगशालाबाट रिर्पोट आउन ढिला भएका कारण बैदीबन्दीबा मुद्धा समयमै टुङ्गो लाग्न नसकेको बताउनुभयो ।
सुशासन अभियान गुल्मीका सचिव तथा अधिवक्ता बिनोद पाण्डेयले सरकारवादी साँक्षीनै उपस्थित नभएका कारण मुद्धाको सुनुवाई समयमै नभएको बताउनु भयो । उहाँले इन्सेक प्रतिवेदनको आधारमा सम्पति क्षतिको घटनामा संलग्न व्यक्तिहरुको अनुसन्धान र कारबाहीमा प्रहरी फितलो देखिएकाले पीडितलेनै चासो नदिएका बिषय प्रतिवेदनबाट हटाउन सुझाव दिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गुल्मीको महिला बालकालिका सेवा शाखाले बर्षभरी सम्पादन गरेका कामको बारेमा जानकारी गराएको थियो । कार्यक्रममा जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालय, मानव अधिकारकर्मी, जिल्ला प्रशासन, प्रहरी कार्यालय, बार, कारागार, लगायतका कार्यालयका प्रमुख एवं प्रतिनिधीको सहयोगीता रहेको थियो ।