Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गुल्मीमा नेपाल टेलिकमको ब्याट्री चोरी गर्ने अभियुक्त पक्राउ - Gulminews

गुल्मीमा नेपाल टेलिकमको ब्याट्री चोरी गर्ने अभियुक्त पक्राउ

अनिल खत्री
२२ भदौ, गुल्मी । गुल्मीमा नेपाल टेलिकमको ब्याट्री चोरी गर्ने अभियुक्त पक्राउ परेका छन् । ब्याट्री चोरी गर्ने अभियुक्त वुटवल उपमहानगर पालिका वडा नं.११ प्रगतीनगर स्थित भाडमा बस्ने बर्ष ३१ को सचेन्द्र कुमार गौतम भन्ने सत्येन्द्र कुमार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) गोपालचन्द्र भट्टराइले बताए ।

प्रहरीले चोरी गरी लगेको भन्ने बुझिन साथ वुटवल उपमहानगर पालिका वडा नं.११ प्रगतीनगर स्थित भाडमा बस्ने निजको कोठमा गई उक्त व्याट्रीहरु बरामत गरेको थियो । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–६ धुर्कोटकोटमा रहेको पुरानो टावरबाट ४८ वटा चोरी भएको भन्ने नेपाल टेलिकम दुरसंचार कार्यालय तम्घास गुल्मीको चं.नं.२९ मिति २०७८।०५।१० गतेको पत्र प्राप्त हुन साथ उक्त चोरी गर्ने व्यक्तीको पहिचान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चोरी गर्ने अभियुक्त पहिचान तथा खोजतलास गर्दै जादा उक्त व्याट्रीहरु भारत महाबिर २७३ घुन्घचेला नविनपनाह, मालरोड आदमपुर भगवानपुर,लखनऊ उत्तर प्रदेश भएता पनि हाल जिल्ला रुपन्देही वुटवल उपमहानगर पालिका वडा नं.११ प्रगतीनगर बस्दै आएको प्रहरीलाई बयान दिएका थिए । अभियुक्तलाई गुल्मी जिल्ला अदालतलबाट म्याद थप गरी घटनाको बारेमा थप अनुसन्धान भईरहेको (एसपी) भट्टराईले बताए ।

अभियुक्तले चोरी गरी लगेका ब्याट्रीहरु भारतमा महङ्गो मुल्य पर्ने भएकाले बिक्री गर्न लैजादै गरेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D