gulminews logo
बिहीबार, २०८० चैत्र १५

गुल्मीमा नेपाली पोशाकको सिलाइ तालिम सुरु

अनिल खत्री
२२ चैत, गुल्मी । गुल्मीमा महिलाहरुको लागि नेपाली पोशाकको सीपमूलक सिलाई तालिम शुरु गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजनामा भगत सर्वजित शील्प व्यवसाय सीप विकास तथा प्रवद्र्धन कार्यक्रम अन्र्तगत २ महिने नेपाली पोशाक सिलाई तालिम शुरु गरिएको हो ।

‘स्वदेशमै श्रम, स्वदेशमै पसिना’ भन्ने नाराका साथ नेपाली पोशाकहरु विद्यालयको पोशाक, गुन्यू, चोली, जातीय पोशाक तथा नेपाली दौरा सुरूवालहरुको सीपमूलक सिलाई तालिमको शुभारम्भ गरिएको हो । दुई महिने तालिको लुम्बिनी प्रदेश सरकार उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव हेमराज सुबेदीले शुभारम्भ गर्नु गरेका हुन् ।

तालिमको शुभारम्भ गर्दै सचिव सुबेदीले सहभागीहरुलाई तालिमबाट प्राप्त हुने ज्ञान सीपलाई व्यवहारमा लागू गरि व्यवसायिकमूखी बन्न आग्रह गरे । लगनशिल भएर सिक्न सके यो व्यवसायको बजारमा माग अत्यन्तै धेरै रहेको उल्लेख गरे ।

तालिममा सहभागि हुन पाउदा सहभागिहरु खुसी भएका छन् । तालिमबाट सिप सिकेर व्यवसायी बन्ने हभागिहरुको भनाई छ । नियमित रुपमा तालिम लिएर सपि सिक्न घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख लक्ष्मण घिमिरेले आग्रह गरे ।

व्यवसायी बन्न चाहने सहभागिलाई आवश्यकताका आधार थप अर्को चरणको तालिमको व्यवस्थाको लागि पहल गर्ने धिमिरेले बताए । तालिम लिइसकेले उनीहरुलाई प्रविधि हस्तान्तरण गने भएको छ ।

तालिममा १५ जना दलित समुदायका महिलाहरु सहभागी रहेका छन् । यसबाट दलित महिलाहरुको आर्थिक रुपमा शशत्तीकरणका लागि मद्दत पुग्ने विश्वास गरिएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D