gulminews logo
बिहीबार, २०८१ बैशाख २०

गुल्मीमा निर्वाचन व्यवस्थापनको चटारो

टोपलाल अर्याल
गुल्मी, कार्तिक २२ । निर्वाचनको मिति नजिकिएसँगै जिल्ला–जिल्लामा निर्वाचन व्यवस्थापनको चटारो चलिरहेको छ। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन कार्यालयमार्फत व्यवस्थापनका काम धमाधम गरिरहेको छ।

जिल्ला निर्वाचन कार्यालयमा केही दिनदेखि निर्वाचन सामग्री व्यवस्थापनमा कर्मचारीहरू व्यस्त छन्। पछिल्लो तीन दिन आयोगबाट प्राप्त मतदान प्रक्रियामा आवश्यक पर्ने सबै सामग्रीहरू प्याकिङको काम भइरहेको निर्वाचन कार्यालयका सूचना अधिकारी मेघलाल पाण्डेयले बताए।

‘निर्वाचनको मिति घोषणा भएपछि नै नियमित कामहरू भइरहन्छन्। तर, पछिल्लो दुई सातादेखि निकै व्यस्त छौँ,’ उनले भने, ‘निर्वाचन सामग्री प्याकिङ र रुजु गर्ने कामले फुर्सद छैन।’

सबै सामग्रीको व्यवस्थापन गरेपछि जनशक्ति परिचान र सामग्री हस्तान्तरणको काम मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्नेछ।

अहिलेसम्म निर्वाचन आयोगमार्फत जिल्लामा राजनीतिक दल तथा पत्रकार र नागरिक समाजलाई अभिमुखीकरण गरिएको छ । जिल्लाका सबै पालिकामा नमुना मतदान सकिएका छन्।

मतदाता शिक्षाका लागि गाउँ–गाउँमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएको छ। जसका लागि जिल्लाभर ९८ जना महिला स्वास्थ्य स्वयंसेविक परिचालन भएको जिल्ला निर्वाचन कार्यालय गुल्मीको निर्वाचन अधिकृत माया कुँवरले जानकारी दिइन्।

उनले समानुपातिकलाई अस्थायी नामावली प्रकाशनको काम भएको बताइन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतपत्र प्राप्त गरिसकेको छ । अब केही दिनमा जनशक्ति व्यवस्थापन गरेर तालिम दिएपछि १ मंसिरदेखि मतदान केन्द्रमा कर्मचारी पुग्ने मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालयले २५ कात्तिकदेखि सबै प्रकारका मदिरा उत्पादन, सेवन र बिक्री–वितरणमा प्रतिवन्ध लगाउने निर्णय गरेको छ । जिल्लाका सबै राजनीतिक दलहरूसँग छलफल गरेपछि मदिरा उत्पादन, सेवन र वितरणमा कडाइ गरेको हो।

जुन निर्णयमा दलका प्रतिनिधिहरूले प्रतिबद्धता जनाएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए। पौडेलका अनुसार मदिराका कारण मत प्रभावित पार्ने, आपराधिक क्रियाकलाप हुने र त्यस्तै निर्वाचनको सन्दर्भमा कुनै विवाद समाधान गर्न जिल्लास्तरीय राजनीतिक संयन्त्र निर्माण गरिएको छ । म्यादीसहित करिब २५ सय सुरक्षाकर्मी र सोही हाराहारीमा कर्मचारी र स्वयंसेवक परिचालन हुने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D