गुल्मीमा निर्वाचन आचार सहिता विषयक कार्यक्रम सम्पन्न

अनिल खत्री
१८ वैशाख, गुल्मी । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचको लागि गुल्मी जिल्लामा रहेका सञ्चारकर्मी र निर्वाचन कार्यालय बिच आचार संहिता विषयक अन्तरक्रिया गरिएको छ । जिल्ला निर्वाचन कार्यालय गुल्मीको आयोजना र नेपाल पत्रकार महासंघ गुल्मी र दलित महिला संघ गुल्मीको समन्वयमा आचार संहिता विषयक अअन्तक्रिया कार्यक्रम गरिएको हो ।

कार्यक्रममा जिल्ला निर्वाचन अधिकृत माया कुँवरले सञ्चार आम नागरिक र माध्यमहरुले पालना गर्नुपर्ने आचार सहिता विषयमा जानकारी गराएकी थिइन् । कार्यक्रममा जिल्ला स्थित सञ्चारकर्मीहरुले आचार सहिताको विषयमा असपष्टता भएका विषयमा जिज्ञासा राखेका थिए ।

एफएम रेडियोमा उम्मेदवारहरुका सूचना प्रसारण गर्दा कसरी प्रसारण गर्ने भन्ने जस्ता विषयमा प्रश्न गरेका थिए । सञ्चारकर्मीहरुले जिल्ला भर हुने निर्वाचन लक्षित सूचनाहरु छिटो छरितो र एकै ठाउँबाट पाउने व्यवस्था गरिदिन आग्रह गरेका थिए ।

कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले पत्रकारहरुले राखेका जिज्ञासाहरुको बारेमा जानकारी गराएका थिए । उनले मिडिया र पत्रकारहरु साझा भएकाले त्यहि अनुसार आफनो व्यवहार प्रस्तुत भएर निर्वाचन आचारसहित पालना गर्न आग्रह गरे । उनले कुनै व्यक्ति बिशेषको पक्ष लिएजस्तो गरेर समाचार सम्प्रेषण नगर्न सञ्चारकर्मीहरुलाई सुझाए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ